'क्रान्ति अझैं आवश्यक’
काठमाडौं/ एकीकृत माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले मुलुकमा अझै क्रान्ति आवश्यक रहेको बताएका छन् । तर तत्काल हतियारबन्द आन्दोलन गर्ने पक्षमा माओवादी नरहेको उनको भनाइ छ ।
'हामीलाई अहिले हतियार बोक्नुपर्दैन, जे चाह्यो त्यही ल्याउने तागत छ हामीसँग,' शनिबार सिन्धुली पोस्ट साप्ताहिकको वाषिर्कोत्सव कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै गजुरेलले भने । नेपालको आन्तरिक मामिलामा विदेशीहरूले हस्तक्षेप गरिरहेको आरोप लगाउँदै उनले देश बचाउन जनता संगठित हुनुपर्नेमा पनि जोड दिए । सेनाको संख्या बढाउँदैमा देशको रक्षा हुन नसक्ने उनको भनाइ थियो । कार्यक्रममा उनले अर्जुन कटवालद्वारा लिखित खण्डकाव्य र विनोद थापाद्वारा लिखित चिठी संग्रहको विमोचन पनि गरेका थिए ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
शसत्र जनयूद्धमार्फंत सत्ता कब्जा गर्ने उदेश्य लिएर रणमैदानमा होमिएको एनेकपा माओबादी बिस्तार बिस्तारै पूरानै ससदिय भाषमा फस्दै गएको जस्तो आभाष मिलेको छ । सरकारबाट बाहिरेपछि नागरिक सर्वेच्चताका निमीत्त आन्दोलनको आधीँबेरी सीर्जना गर्ने धोषणा गरेको एनेकपा माओबादीले आजभोली बिस्तार बिस्तारै समताको नाममा पा्रप्त उपलब्धिपनी गूमाउदै जान थालेको छ । यो सरकारलाई निति तथा कार्यक्रम ल्याउन नदिने बताएको केहि दिनमै पूरै नति तथा कार्यक्रम र बजेट प्रस्तूत गर्न दिनू यो सरकारलाई मान्यता दिनू होईन र यो उसको लचकता की असफलता यो पश्न रोचक बन्दै गएको छ ।
केदार न्यौपाने बिचार
सिन्धूपाल्चोक
Hope you already filled your pocket now why you need kranti? Yes we know you are brave enough to kill innocent people and hide those culprit in your cantonments.
Post your comment