Newsletter
Email:
Home | देश | पेस्की खर्च विधेयक स्वीकृत

पेस्की खर्च विधेयक स्वीकृत

Font size: Decrease font Enlarge font

काठमाडौं/ व्यवस्थापिका संसद्ले पेस्की खर्च विधेयक स्वीकृत गरेको छ । राज्यको सञ्चित कोषबाट रकम झिक्न र खर्च गर्न पाउने गरी बैठकले सरकारी विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । अब सरकारले चालू आर्थिक वर्ष ०६६/६७ -आजदेखि सुरु) को बजेट चलाउन बाटो खुलेको छ ।

अर्थमन्त्री सुरेन्द्र पाण्डेले 'पेस्की खर्च विधेयक' पारित गरियोस् भनेर गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । कुनै पनि सभासद्ले विधेयकमाथिको दफाबार छलफलमा भाग नलिएपछि विधेयक पारित सहजै भयो ।

यसअघि अर्थमन्त्री पाण्डेले बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । उनले जनताका अपेक्षा बढेका कारण सबैतिर बजेट विनियोजन गर्नुपरेको बताए । छलफलका क्रममा सभासद्हरूबाट आएका सुझाबलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्ने मन्त्री पाण्डेले प्रतिबद्धता जनाए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?