न्याय खोज्दै यातनापीडित श्रीमती
बाँके/ श्रीमान्को यातनाबाट पीडित बर्दियाकी १५ वर्षीया श्रीमती न्यायको खोजीमा भौंतारिइरहेकी छिन् । यातना सहन नसकी घर छाडेर हिँडेको दुई साता बितिसक्दा पनि प्रहरी प्रशासन र अधिकारवादीले न्यायका लागि पहल नगरेको उनको गुनासो छ । नेउलापुर-४ रानीपुरकी रञ्जना योगी अहिले न्यायका लागि सदरमुकाम गुलरिया धाइरहेकी छिन् । बर्दिया राजापुरका ३५ वषर्ीय सतिष शाहीसँग एक महिनाअघि विवाह बन्धनमा बाँधिएकी रन्जनाले विवाह गरेको १० दिनपछि नै श्रीमान्ले यातना दिन थालेको बताइन् । 'बिहे गरेर घरमा लगेको १० दिनपछि काम गर्न भारत जा भने, जान नमानेपछि यातना दिन थाले,' रन्जनाले भनिन् । श्रीमान्ले दिनहुँ यातना दिएर घरबाट निकालेपछि न्याय खोज्दै धेरैतिर भौंतारिएको, तर कसैले पनि सहयोग नगरेको उनको गुनासो छ । 'भारत जान्नभन्दा चरम कुटपिट गरी घाँटीमा सल बेरेर मार्न खोजे,' घाँटीमा लागेको सलको डाम देखाउँदै रन्जनाले भनिन् । श्रीमान् सतिषले दिनभरि ढोका थुनेर राख्ने र दिसा-पिसाब गर्न जाँदासमेत जेठीपट्टकिा छोरीहरूले निगरानी राख्ने गरेको उनले बताइन् । रन्जनाका अनुसार सतिषकी जेठी श्रीमतीपट्टि चार छोरी छन् । उनले न्यायका लागि इलाका प्रहरी कार्यालय भुरी गाउँमा निवेदन दिएको बताइन् । पीडक पक्षले सो घटनालाई बाहिर नलैजान भन्दै ८० हजार रुपैयाँ लिएर मिल्न आग्रह गरेको थियो । तर, आफूले पैसा नलिएर पीडकलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न चाहेको रन्जनाको दाबी छ । बार एसोसिएसन बर्दियाका उपाध्यक्ष एवं महिला हिंसाविरुद्ध काम गरिरहेको आवाज संस्थाका कानुनी सल्लाहकार केशव जिसीले प्रहरीले जाहेरी दर्ता गर्न नमानेको बताए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक गणेश केसीले भने पीडित पक्षले मुद्दा दर्ता गर्न चाहे बुझेर दर्ता गर्ने बताए । श्रीमान् भागेपछि बिचल्ली झापा/ सुत्केरी हुने वेलामा श्रीमान् भागेपछि झापा अनारमनीस्थित सुकुम्बासी बस्तीकी एक महिलाको बिचल्ली भएको छ । चोकमागु-३ पाँचथर घर भएकी २१ वर्षीया सविना कार्कीलाई पाँचथर यासोकका अनुप परियारले सुत्केरी हुनु दुई दिनअघि छाडेर भागेका हुन् ।
आठ वर्षअघि अन्तरजातीय विवाह गरेका परियार २१ असारमा घर छाडेर हिँडेका थिए । 'सुत्केरी व्यथा लाग्दालाग्दै छाडेर हिँड्नुभयो,' पीडित कार्कीले भनिन्, 'आजसम्म कुनै अत्तोपत्तो छैन ।' छिमेकीका अनुसार परियारले आफू इलामको दानावारीस्थित जनसेनाको शिविर जाने तयारीमा रहेको बताएका थिए । श्रीमान्ले छाडेर गएपछि छिमेकीले कार्कीलाई प्रसूतिका लागि २३ असारमा उपचारार्थ मेची अञ्चल अस्पताल पुर्याएका थिए । उनले जुम्ल्याहा छोरा जन्माएकी छिन् । सहाराविहीन भएपछि कार्कीको स्वास्थ्यस्थिति दयनीय बन्दै गएको छ । तल्लो जातसित विवाह गरेको भन्दै माइती पक्षले समेत सहयोग नगरेको कार्कीले बताइन् ।



del.icio.us
Digg
baglung balewa hall qatar bata patrikama khali ghatna ghateko matra lekhinchh ghatna samadhan vaya navayako lekhidaina yasto huda hami jasta patrika padhne neamit grahakla kasto khallo lagchh k samadhan vayako kuraharu lai care na garera holaki kina hola
arjun sarki balewa 2 baglung hall internatioal airport qatar
FROM BAGLUNG BALEWA HALL QATAR BATA
MA VANNA K CHANCHUU VANE NEPAL AGAR KANUNU CHHRA VANE BARDIYAKI RANJANA YOGI RA JHAPAKI SABINA KARKI JASTA PIDITLAI CHEETO VANDA CHHETO PARBANDA MILAIDINU PARYO TESTO GATISHIL SAMASYA PARDA PANI NEPAL KO PARSASANLE K GARIRAHECHH KASTO KHALE KANUN CHH NEPAL MA K YAUTA CHELILAI eJET CHHAINA TESHKO HANAN HUDA KANUNLE HERDAINA CHHE CHHE GHIN LAGCHH YASTA KURA HARU MEDIYA MA PADHDA MALI
Post your comment