गुप्तचरमा साठी अधिकृत दरबन्दी खाली
नयाँ पत्रिका काठमाडौं, ७ साउन राज्यलाई महत्त्वपूर्ण सूचना उपलब्ध गराउने जिम्मेवार निकाय राष्ट्रिय अनुसन्धान विभागमा पाँच दर्जन वरिष्ठ अधिकृत दरबन्दी रिक्त छन् । गृह मन्त्रालय मातहतको यस विभागमा अतिरिक्त अनुसन्धान निर्देशक
(एआइजीसरह) पद नै रिक्त छह भने प्रमुख अनुसन्धान उपरीक्षक (डिआइजीस्तर) को नेतृत्व रहने क्षेत्रीय कार्यालयहरू प्रमुखविहीन छन् । विभागमा अतिरिक्त अनुसन्धान निर्देशक (एआइजी) दुईजना, नायव अनुसन्धान निर्देशक (डिआइजी) पाँचजना, वरिष्ठ अनुसन्धान उपरीक्षक सातजना, अनुसन्धान उपरीक्षक १९ जना र डिएसपीस्तरका २८ जनाको दरबन्दी खाली छ । माओवादी नेतृत्वको सरकारले अशोकदेव भट्टलाई २० जेठमा प्रमुख नियुक्त गरेको थियो । तीसवर्षे सेवाअवधिका कारण सुखदेव झाको अनिवार्य अवकाश भएपछि अतिरिक्त अनुसन्धान निर्देश्ाक पद खाली भएको हो । आठजनाको दरबन्दी रहेको प्रमुख अनुसन्धान निर्देशकमा हाल पाँच पद रिक्त छन् । हाल मोती गुरुङ र जितबहादुर केसी सिंहदरबारस्थित हेडक्वार्टरमा कार्यरत छन् । पाँचवटा क्षेत्रीय कार्यालय र राष्ट्रिय अनुसन्धान परिषद्मा सहायक अनुसन्धान निर्देशक खटिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्मा सहायक अनुसन्धान निर्देशक देवराज भट्ट कार्यरत छन् भने यसअघिका प्रमुख अनुसन्धान निर्देशक वसन्त राई रिटायर्ड भएका छन् । पाँच विकास क्षेत्रमध्ये पोखरा र सुर्खेतमा सहायक अनुसन्धान निर्देशक कार्यबाहक प्रमुख छन् । क्षेत्रीय कार्यालयमा उनीहरूभन्दा दुई तहमाथिको प्रमुख अनुसन्धान निर्देशकको दरबन्दी छ । पोखरामा यतीराज पगेनी र सुर्खेतमा नीरज श्रेष्ठ खटिएका छन् । यसअघि पोखरामा प्रमुख अनुसन्धान निर्देशक जितबहादुर केसी थिए भने प्रमुख भट्ट सुर्खेतका प्रमुख थिए । भट्ट अतिरिक्त अनुसन्धान निर्देशक पदमा बढुवा भई काठमाडौं सरुवा भएका थिए । गत असारमा सम्पन्न अनुसन्धान विभागको हेटौंडा, विराटनगर र पोखरास्थित कार्यालयहरूमा सम्पन्न क्षेत्रीय सम्मेलनको संयोजन कार्यबाहकले नै गरेका थिए । 'पूर्वी र मध्य तराईमा भएका सशस्त्र समूहका गतिविधिको सूचना दिने क्षेत्रीय कार्यालयमा प्रमुख नहुँदा सरकारलाई नै सूचनाको ग्याप हुँदै आएको छ,' अनुसन्धान विभागका एक अधिकृतले नयाँ पत्रिकासँग भने, 'संवेदनशील क्षेत्रमा अनुसन्धान विभागको नेतृत्व नहुँदाको समस्या सरकारले बुझ्नुपथ्र्यो ।' गृह मन्त्रालयले अतिरिक्त अनुसन्धान निर्देशकबाट बढुवा प्रक्रिया थाल्ने जनाएको छ । 'सचिवहरूको बढुवा प्रक्रिया सकिएपछि अनुसन्धान विभागमा बढुवा प्रक्रिया थाल्छौँ,' गृहप्रवक्ता नवीन घिमिरेले नयाँ पत्रिकासँग भने, 'त्यसपछि अरू पदमा पनि बढुवा प्रक्रिया सुरु हुन्छ ।'



del.icio.us
Digg
Post your comment