'बन्दले विद्यार्थी विदेश जान बाध्य’
काठमाडौं/ बारम्बार भइरहेका विद्यालय बन्दले धनीका छोराछोरी एसएलसी पास गरेपछि पढ्नका लागि विदेश जान बाध्य भएको निजी विद्यालय सञ्चालकले दाबी गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले बुधबार राजधानीमा गरेको कार्यक्रममा प्याब्सनका प्रमुख सल्लाहकार तथा हिसानका अध्यक्ष उमेश श्रेष्ठले विद्यालय धेरै बन्द हुन थालेपछि धनीका छोराछोरी विदेश पढ्न गएको बताए । उनले भने, 'बारम्बार विद्यालय बन्द हुन थालेपछि धनीका हजारौं छोराछोरी बिदेसिएका छन् ।' प्याब्सनका अध्यक्ष भोजबहादुर शाहले वार्ताको प्रक्रिया सुरु भएकाले विद्यालय बन्द गर्नुको औचित्य नभएको बताए । उनले शैक्षिक गणतान्त्रिक मञ्चले बन्द फिर्ता नलिए पनि बिहीबार विद्यालय खोल्ने बताए । एनप्याब्सनका पूर्वमहासचिव कर्ण शाहीले प्रजातान्त्रिक देशमा कसैले कसैलाई जबर्जस्ती गर्न नहुने भन्दै बिहीबारबाट विद्यालय खोल्ने घोषणा गरे ।



del.icio.us
Digg
Post your comment