जाजरकोटमा पनि पठनपाठन बन्द
जाजरकोट/ झाडापखालाको महामारी सर्ने डरले जाजरकोटका विद्यालय बन्द भएका छन् । तीन महिनादेखि फैलिएको झाडापखालाको महामारी नरोकिएपछि विद्यालयमा पठनपाठन बन्द भएको हो । शैक्षिक क्यालेन्डरअनुसार ४५ दिनको बर्खेबिदापछि १५ साउनबाट मात्र यहाँका विद्यालय खुलेका थिए । तर, महामारी सर्ने डरले विद्यार्थी उपस्थित नभएपछि पठनपाठन स्वतः बन्द भएको शिक्षकहरूले बताएका छन् । वीरेन्द्र ऐश्वर्य उच्च माविका प्राचार्य गोरखबहादुर सिंहले औपचारिक रूपमा विद्यालयय बन्द नभए पनि विद्यार्थी नै नआएपछि पठन-पाठन बन्द गर्नुको विकल्प नरहेको बताए । पछिल्लो चरणमा महामारीबाट बालबालिका बढी प्रभावित हुन थालेपछि अभिभावकले नै आप\mना छोरा-छोरीलाई विद्यालय पठाउन छाडेका छन् ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment