Newsletter
Email:
Home | देश | तीन व्यापार-सन्धि परिमार्जन गरिने

तीन व्यापार-सन्धि परिमार्जन गरिने

Font size: Decrease font Enlarge font

काठमाडौं/ मन्त्रिपरिषद्को बुधबारको बैठकले भारतसँगका तीनवटा व्यापार-सन्धि परिमार्जन गर्ने निर्णय गरेको छ ।

नेपाल-भारत वाणिज्य सन्धि र नेपाल-भारत अनधिकृत व्यापार नियन्त्रण सम्झौता परिमार्जन गर्ने निर्णय भएको कानुनमन्त्री प्रेमबहादुर सिंहले बताए । त्यस्तै, नेपाल-भारत दोहोरो कर प्रणालीसम्बन्धी सम्झौता पनि परिमार्जन गरिने निर्णय भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री माधवकुमार नेपालले अर्को साता गर्ने भारत भ्रमणका क्रममा सरकारको निर्णयअनुसार सन्धिसम्झौता परिमार्जनसहित नवीकरण गरिनेछन् । बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका बारेमा छलफल भए पनि कुनै निर्णय हुन सकेन ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?