Newsletter
Email:
Home | देश | एजेन्डा लुकाएको आरोप

एजेन्डा लुकाएको आरोप

Font size: Decrease font Enlarge font

काठमाडौं/ एकीकृत माओवादी स्थायी समिति सदस्य एवं विदेश विभागप्रमुख कृष्णबहादुर महराले राष्ट्रिय सहमति नजुटाई कुनै पनि सन्धि-सम्झौता नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । उनले सरकारले भारत भ्रमणका एजेन्डाबारे जनतालाई गुमराहमा पारेको आरोप लगाए ।

प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमण सुरु हुनु एक दिनअघि नेता महराले सरकारको आयु लम्ब्याउन असमान सन्धि गरिए त्यो राष्ट्रघाती कदम हुने र

त्यसका विरुद्ध आफ्नो पार्टीले कदम चाल्ने स्पष्ट गरे । प्रधानमन्त्री नेपाल मंगलबार भारत भ्रमणमा जाँदै छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता महराले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा तीनवटा विषयमा कुनै सहमति गर्न नहुने माओवादी नेता महराको भनाइ थियो । पञ्चेश्वर परियोजना, व्यापार सन्धि र गुमराहमा राखिएको सुपुर्दगी सन्धिमा सहमति जनाए आफ्नो पार्टीको गम्भीर आपत्ति रहने महराले चेतावनी दिए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?