Newsletter
Email:
Home | देश | टोलीकै सदस्य भन्छन्- भ्रमण असफल भयो

टोलीकै सदस्य भन्छन्- भ्रमण असफल भयो

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

नयाँदिल्ली, ४ भदौ

दिल्लीमा प्रधानमन्त्री माधवकुमार नेपालको तेस्रो तथा अन्तिम दिन पनि अलमलमै बितेपछि टोलीका धेरैजसो सदस्यले भ्रमण असफल भएको निष्कर्ष निकालेका छन् । दिल्लीयात्राका घोषित औपचारिक कार्यक्रम सकिएपछि बिहीबार साँझ जारी गर्ने भनिएको संयुक्त विज्ञप्ति पनि स्थगित भएको छ ।

बुधबार दुई प्रधानमन्त्रीबीचको वार्तामा पनि सहमति हुन नसकेको व्यापार सन्धि जसरी पनि गराउन नेपाली टोली खटिरहेको छ । दिल्लीयात्राबाट केही न केही ठोस उपहार लिएर र्फकन इच्छुक प्रधानमन्त्री नेपालले कम्तीमा व्यापार सन्धि गरिदिन आग्रह गरेपछि भारतीय नेताहरूले समय मागेका छन् ।

बुधबार रातिसम्म गरिएको प्रयास असफल भएपछि बिहीबार बिहान प्रधानमन्त्री नेपालले भारतीय अर्थमन्त्री प्रणव मुखर्जीलाई सन्धि गरिदिन विशेष आग्रह गरेका थिए । प्रधानमन्त्री नेपालले आफ्नो प्रतिष्ठाको विषय बनाएर सन्धिका लागि आग्रह गरेपछि भारत लचिलो भएको स्रोतको दाबी छ ।

तेस्रो मुलुकका सामान नेपाल हुँदै भारत निर्यात गर्न सकिने प्रावधानप्रति आपत्ति जनाउँदै आएको भारतले बीचको बाटोबाट समाधान खोज्न प्रस्ताव गरेको छ । 'भारतीय कम्पनीले तेस्रो मुलुकलाई अनुरोध गरेमा नेपाल हुँदै सामान भारत निर्यात गर्न सकिने व्यवस्था गर्न भारत सकारात्मक भएको छ,' अर्थमन्त्री सुरेन्द्र पाण्डेले बिहीबार साँझ सञ्चारकर्मीहरूसँग भने । यसका लागि पनि भारतले समय मागेकाले मुम्बईबाट फर्केपछि सन्धि हुनसक्ने अर्थमन्त्री पाण्डेलेे बताए । तर, बीचको बाटोमा पनि भारत 'सकारात्मक' मात्र भएकाले सन्धि हुन्छ नै भन्नेमा प्रतिनिधिमण्डलका धेरै सदस्य विश्वस्त छैनन् ।

गृहकार्य र समन्वयको अभावमा प्रधानमन्त्रीको भ्रमण फिका भएकोमा प्रतिनिधिमण्डलका अधिकांश सदस्य निरास छन् । टोलीका वरिष्ठ सदस्य तथा वाणिज्यमन्त्री राजेन्द्र महतोले नै यो भ्रमणलाई असफल बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गरे, तर उनले 'षड्यन्त्र' गर्नेको नाम किटेर भनेनन् । परराष्ट्रमन्त्री सुजाता कोइरालातर्फ इशारा गर्दैर् उनले नयाँ पत्रिकासित भने, 'भ्रमणको असफल बनानेका प्रयास हो रहा है, ये कौन कर रहा है, काठमाडौंसे दिल्लीतकका घटना देखके आप ही समझ सकते है ।'

त्यसो त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले पनि भ्रमणका लागि गृहकार्य फितलो भएको स्विकारे । 'काठमाडौंमा तयारी त राम्रै भएको हो, तर अन्तिम अवस्थामा आएर केही थप्ने र केही झिक्ने भन्ने कुरा आएपछि अलमलै भयो,' उनले भने । गृहकार्य र समन्वयको अभाव दुवैतिर देखिएको भन्दै उनले यसका लागि नेपालीलाई मात्र दोष दिन नमिल्ने बताए । केही अन्योलबीच पनि प्रधानमन्त्रीको भारत भ्रमण सन्तोषजनक भएको मूल्यांकन उनले गरे । 'राजनीतिक रूपले सद्भावपूर्वक भएको छ, आर्थिक रूपले दुई हजार करोड सहयोग गर्न भारतले सहमति जनाएको छ,' उनले भने, 'हामीले पूर्वाधार विकासका लागि भारतबाट थप सहयोग पाउने भयौँ, यसलाई सफलता मान्नुपर्छ ।'

पत्रकार युवराज घिमिरेले कुनै सन्धिमा हस्ताक्षर गर्दा देशभित्र विवादमा परिने र सन्धि नगर्दा सरकार कमजोर देखिने मनोवैज्ञानिक असरले प्रधानमन्त्री नेपाललाई अलमलमा पारेको टिप्पणी गरे । 'प्रधानमन्त्रीजीको मनमा पनि धेरै आशा थिए होलान्, तर नेपालभित्रैका राजनीतिक विवादको मनोवैज्ञानिक दबाब उहाँभित्र पनि थियो, त्यसको असर यता भारतलाई पनि परेको छ,' उनले भने । प्रधानमन्त्री हुनासाथ भारतको भ्रमण गर्ने परम्पराले निरन्तरता पाएको रूपमा यो भ्रमणलाई लिनुपर्ने उनको भनाइ छ ।

उद्यमी अरुण चौधरी पनि प्रधानमन्त्रीको भ्रमणलाई सफल भन्न चाहँदैनन् । उनले भने, 'राजनीतिक रूपले सफल होला, तर आर्थिक रूपमा खासै उपलब्धि भएको छैन । त्यसैले भ्रमण सफल भन्न मिल्दैन ।' प्रतिनिधिमण्डलका सदस्य तथा तमलोपा सभासद् वृजेशकुमार गुप्ताले पनि नेपालमा सत्तापक्ष र प्रतिपक्ष तथा सत्तापक्षभित्रै पनि विवाद देखिएकोले भारतले यो सरकारलाई सहयोग गर्न हिच्किचाएको टिप्पणी गरे । 'खुलेर त किन भन्छन् र ? तर उनीहरूलाई पनि सबै थाहा छ, त्यसैले यो सरकारलाई कति सहयोग गर्ने भन्नेमा भारत आफैं पनि अन्योलमा पर्‍यो,' उनले भने ।

सभासद् गुप्ताले भ्रमण सोचेजति सफल नभएको बताए । 'पञ्चेश्वर परियोजनाका लागि डिपिआर बनाउन ठोस निर्णय हुनुपथ्र्यो, तर हामीले त्यो कुरालाई दह्रोसँग राख्न सकेनौँ, त्यसैले सोचेजति उपलब्धि हुन सकेन,' उनले भने ।

भारतमा राजकीय भ्रमणको रिपोर्टिङ गर्दै आएका साहरा समय टिभीका परराष्ट्र मामिला प्रमुख विजयन्द्र सिंहले त नेपाली प्रधानमन्त्री भारतमा 'बिचरा' भएको टिप्पणी गरे । 'मैले परराष्ट्रमन्त्री सुजाता कोइरालाको भ्रमणको समाचार पनि कभर गरेको थिएँ, उहाँले एसएम कृष्णासँग समकक्षीको रूपमा वार्ता गर्नुभयो,' 'उनले भने, 'तर प्रधानमन्त्रीहरूको वार्ता समकक्षीहरूको जस्तो भएन, मनमोहनले पनि उति महत्त्व दिएनन् ।'

भारतका सबैजसो दलका नेता, केही मन्त्री र केही उद्यमी-व्यापारीसँग प्रधानमन्त्री नेपालले गरेको वार्ता भने निकै सुमधुर भएको टिप्पणी उनले गरे । 'दोस्तका रूपमा उहाँले निकै सद्भाव साँट्नुभयो, तर प्रधानमन्त्रीका रूपमा उहाँसँग कुनै एजेन्डा थिएनन्, त्यसैले ओज पनि रहेन,' उनले भने, 'प्रतिपक्षबाट मात्र होइन, सत्तापक्षबाटै पनि मलाई अहसयोग छ भन्ने अनुभूतिले उहाँलाई निरीह बनाएको छ ।'

बत्तीस अर्ब सहयोग

भारतले नेपालको पूर्वाधार विकासका लागि बत्तीस अर्ब रुपैयाँ (दुई हजार करोड भारु) सहयोग गर्ने भएको छ । तराई राजमार्गका लागि सात सय करोड, सिमानामा रेल बनाउन सात सय करोड, प्रहरी प्रतिष्ठान बनाउन तीन सय करोड, भन्सार सुधार गर्न दुई सय करोड र अन्य सहयोग एक सय करोड गरी दुई हजार करोड भारु दिन भारत सहमत भएको अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए ।

Subscribe to comments feed Comments (11 posted):

ramesh on 22/08/2009 18:25:09
avatar
अनपढ ji ,सय करोडको एक अर्ब हुन्छ, हैन र? अनि २०० करोड को २ अर्ब, २००० करोड को २० अर्ब ! २० अर्ब भा.रु.! अब २० अर्ब लाई १.६० ले गुणा गर्दा ३२ अर्ब NAI HUNCHHA HOLA
Nrs 1.60=1 indian rupee
Thumbs Up Thumbs Down
0
dawa on 22/08/2009 10:16:53
avatar
yesta makune jasta haruwa lai pm banaye pachi yehi ta ho ni tal.yo bhraman pachi makune lai world kai sabai bhanda fitalo pm ko rup ma "world of the guiniz book ma nam lekhaune tayari gare kaso hola.........thau na thahar budi ko rahar" bhane jastai rahar le pm banera ni kahi huncha...dimag ma aali kati gudi hunuparo ni........
Thumbs Up Thumbs Down
0
अनपढ on 22/08/2009 06:29:33
avatar
दिउसो देखि हिसाब गरिरहेको छु ३२ अर्ब ने.रु. र २ हजार करोड भा.रु. भनेको एउटै हो कि हैन भनेर, मरिगए एउटै हुदैन ! सय करोडको एक अर्ब हुन्छ, हैन र? अनि २०० करोड को २ अर्ब, २००० करोड को २० अर्ब ! २० अर्ब भा.रु.! अब २० लाई १६० ले गुणा गर्दा ३२ कसरी भयो होला ? अरु कसैले पनि हिसाब गर्नु भएको भए मलाई बताउनु होला न है? यो हिसाब किताब गरेको अर्थमन्त्रीले होला कि पत्रकारले हिसाब गर्दा गोलमाल परेको होला?
Thumbs Up Thumbs Down
0
pushkar dhakal on 22/08/2009 06:10:01
avatar
Nepal ra nepali haru ma sadar pranam.

Teti derai comments garna chahanna.
Nepal ra India bicha ko sima banda garnu parchha
sampurna indian lai nepal bata bhagaunu parchha.

10 years samma nepali haru le saga sisno ra pidho ko bharma rahan saknu parchha

sampurna kam aphainai garne bani ko bikas hunu parchha.

ye patak nepal ra nepali harule aphano asthisto ko lagi sanghursh garno parchha
ani matra pani ko bhar ma yuddha ladne ti nepali bhir haruko sapana shakar hunchha.

natara bhane, Nepal bistar india hudai jan chha
PM huda sat salami din Nepali PM India januparne pradha ta chhadai chha, anne pardha ko pani suruwat hun chha hai


Puskar
Thumbs Up Thumbs Down
0
charan on 22/08/2009 00:33:37
avatar
India bata kehi paune, kati paune bhanne kurama visit ko importance jodinu hunna. Yo just goodwill visit bhayakole tetimai satisfy hunu ramro hunccha. India ka leader haru sanga kura garda das ko rupma haina ki strong counter part ko role ma hunu parchha. Bidesh bhakti ko mamalama pushpa kamal dahal dekhi GP koirala koi pani kam chhainan.
Thumbs Up Thumbs Down
0
mohan on 21/08/2009 10:27:12
avatar
india bhanda anta jana sakne usko chhemata
chhaina. tyo india ma pani safal huna sakena thukka.yesto ta pardhan mantri. kina gayeko besur ma?
Thumbs Up Thumbs Down
0
on 21/08/2009 08:25:53
avatar
madav nepal lai dhekhera malai ta maya lagyo,bichara kehi garna didainan aru chor haru ...
Thumbs Up Thumbs Down
0
amit on 21/08/2009 06:27:12
avatar
OHOOO VIखरी जनता हो जहिले नी मागेर जिबिक च्लौनुउ पर्ने पशुपतिनाथ को जोगी जस्तो जहिलेनी मागेर टर्नु पर्ने DIN रात अनी गाजा को तालमा NEPALILAI PAISSA LE PUGDAIINA .
Thumbs Up Thumbs Down
0
bijesh on 21/08/2009 06:17:02
avatar
magne haru ko desh bhayo nepal, sansar ko kunai pani desh ma yesto natak hudain hola.
Thumbs Up Thumbs Down
0
bijesh on 21/08/2009 06:14:35
avatar
magne haru ko desh bhayo nepal, sansar ko kunai pani desh ma yesto natak hudain hola.
Thumbs Up Thumbs Down
0
KIshor on 21/08/2009 05:55:29
avatar
Sandhi samjhauta kehi garna paaudainas bhanne ani bhayena bhanera Bhraman asafal bhayo bhanne Nepali yastai hun.
Thumbs Up Thumbs Down
0
total: 11 | displaying: 1 - 11

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?