Newsletter
Email:
Home | देश | अन्तर्जातीय विवाह गर्ने युवती प्रहरी हिरासतमा

अन्तर्जातीय विवाह गर्ने युवती प्रहरी हिरासतमा

Font size: Decrease font Enlarge font

 

प्रेम बास्तोला/नयाँ पत्रिका

सुनसरी, २२ भदौ

सरकारले अन्तर्जातीय विवाह गर्नेलाई सम्मानस्वरूप रकम नै छुट्याए पनि अन्तर्जातीय विवाह गरेकै आरोपमा सुनसरीकी एक युवती भने प्रहरी हिरासतमा पुगेकी छिन् । बक्लौरी- २ की कविता यादवलाई तल्लो जातको युवकसँग विवाह गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

तल्लो जातको युवकसँग प्रेम-विवाह गरेकै कारण आफूलाई पक्राउ गरी हिरासतमा राखिएको कविताले बताइन् । उनले स्थानीय राजकुमार सदा -मुसहर) सँग नौ महिनाअघि प्रेमविवाह गरेकी थिइन् । शनिबार बेलुकी उनी राजकुमारको घरमा आएपछि अभिभावकको आग्रहमा गाउँलेले आफूलाई मोटरसाइकलमा हालेर पकली प्रहरीमा बुझाएको कविताले बताइन् ।

आफ्नी श्रीमतीलाई प्रहरी हिरासतमा राखिएको आइतबार बेलुका साढे ६ बजे राजकुमारले सार्वजनिक गरेका थिए । स्थानीय दलित अधिकारकर्मी पद्म विश्वकर्मीलाई राजकुमारले जानकारी दिएपछि कवितालाई प्रहरीले हिरासतमा राखेको खबर आफूसम्म्ा आइपुगेको समानताका लागि सञ्चार नेपालका अध्यक्ष लोहारले बताए ।

आइतबार आफ्नी श्रीमती छुटाउन राजकुमार पकली प्रहरीमा आए पनि कविताको माइती पक्षको दबाबपछि प्रहरीले छाडेन । सोमबार पनि उनी पकली प्रहरीमा आए पनि प्रहरीले युवतीका अभिभावक नआएकाले कवितालाई छाड्न नमिल्ने बताउँदै हिरासतमै राखेको राजकुमारले बताए ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी सहायक निरीक्षक ध्रुव दाहालले भने कविताका अभिभावकले आफ्नी छोरीको सुरक्षा मागेपछि केही दिनका लागि प्रहरी कार्यालयमा राखेको दाबी गरेका छन् । उनी कोबाट असुरक्षित भएकी हुन् भन्नेबारे भने प्रहरीले केही बताएको छैन ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?