अपांग परिवारलाई सहयोग
पर्वत/ एउटै घरमा पाँच-पाँचजना अपांग सन्तान जन्मेपछि आर्थिक समस्यामा परेको पर्वतको एक परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । सञ्चारमाध्याममा समाचार प्रकाशित भएपछि सहयोग मिलेको हो । रानीपानी- ६ पस्यारका बलबहादुर परियारको परिवारलाई काठमाडौं कलंकीका वासु केसीले एक साताअघि ४८ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए भने कलंकीकै अजयसिंह सुवालले बिहीबार १५ हजार सहयोग प्रदान गरेका छन् । सुवालले बिहीबार पर्वतका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालमार्फत परियारलाई हस्तान्तरण गरेका थिए । प्रजिअ दाहालले पनि नगद एक हजार पीडित परियारलाई सहयोग प्रदान गरेका थिए ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment