संविधान बन्नेमा मन्त्री नै सशंकित
कपिलवस्तु/ शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले दलहरूको आपसी खिचातानीका कारण समयमै संविधान बन्नेमा आशंका गरेका छन् । उनले दलहरूको असहमतिका कारण संविधान निर्माण प्रक्रिया खतरामा परेको बताए । सदरमुकाम तौलिहवामा सोमबार आयोजित कार्यक्रममा चौधरीले झनामसिना कुरामा असहमति हुदा सदन नै अवरुद्ध पार्ने माओवादीलाई सहिरहने सत्तासीन दलहरूको कमजोरीका कारण देश अस्थिरतातर्फ धकेलिएको बताए । दलहरूले गरेको सहमति र समझदारीको वाचा संविधान नबनेसम्म कायम राख्नुपर्ने उनको भनाइ थियो ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment