अन्तर्जातीय जोडी विस्थापित
नयाँ पत्रिका काभ्रे, २२ असोज अन्तर्जातीय विवाह गरेको एक जोडी तीन महिनादेखि विस्थापित भएको छ । गत असारमा बिहे गरेका काभ्रे फूलबारी- ८ इचोकका रामकुमार कटुवाल (परियार) र सुनामाया लामा तीन महिनादेखि घर छाडेर बनेपामा बस्दै आएका छन् । आठ महिनादेखिको प्रेमसम्बन्धपछि उनीहरूले गत २२ असारमा बिहे गरेका थिए । तर, लामाको माइती पक्षको धम्कीपछि गाउँ छाड्न बाध्य उनीहरू अहिलेसम्म घर र्फकन सकेका छैनन् । 'परिवार नै सिध्याइदिन्छु भन्दै दिनदिनै धम्की दिएपछि विवाह गरेपछि घर जान सकेका छैनन्,' कटुवालका दाजु सुदर्शनले भने । उनका अनुसार कटुवालले परिवारको सहमतिमा लामालाई भगाएका थिए । भगाएर एक महिनासम्म ललितपुरमा बसेका कटुवाल र लामा त्यसपछि बनेपा बस्दै आएका हुन् । 'हामीलाई भेटे काट्छौँ भनेर भनेपछि हामी घर र्फकन सकेका छैनौँ,' बिहीबार जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ताको प्रमाणपत्र लिन आएकी लामाले भनिन्, 'दसैँमा पनि घर जान सकेनौं ।' आफ्नो माइती पक्षले अहिले पनि विवाहलाई नस्विकारेको बताउने लामाले पटक-पटक कटुवाललाई छाड्न धम्की आएको बताइन् । 'जति नै धम्की आए पनि छोड्न सकिनँ,' उनले भनिन्, 'बरू घर छाड्न तयार भएँ ।' गाउँबाट विस्थापित भएपछि कटुवाल बनेपामा रहेको एक फर्निचरमा काम सिकिरहेका छन् । सामान्य साक्षर उनीहरूको घर एउटै गाउँमा हो । 'गाउँमै भएपछि प्रेम बस्यो,' कटुवालले नयाँ पत्रिकासँग भने, 'अनि बिहे गर्यौं ।' उनीहरू गाउँमै आए परिवार नै सिध्याइदिने धम्की लामाको माइतीले दिएपछि छोराबुहारीलाई गाउँ लैजान नसकेको कटुवालका पिता हरिबहादुरले बताए । केही सातादेखि उनीहरूको धम्की आउन बन्द भए पनि डरका कारण छोराबुहारीलाई घर लैजान नसकेको उनले बताए । 'घर लगे केही गर्छन् कि भन्ने डरले बनेपामै राख्न बाध्य भएका छौँ,' हरिबहादुरले भने । आफ्नी छोरी भगाउन सहयोग गरेको आरोपमा कटुवालका काका शिव तथा काकी सिर्जनालाई पनि लामाको माइतीले धम्की दिएको दाजु सुदर्शनले बताए । 'भाइले बिहे गरेपछि काकाकाकी पनि गाउँ आउन सक्नुभएको छैन ।' उनीहरू अहिले काठमाडौंमा बसिरहेको सुदर्शनले बताए । 'सुनामायालाई भगाएर 'दलाली' गरेको भन्दै माइतबाट र्फकन लाग्नुभएकी काकीलाई गाउँलेले आक्रमण गर्न खोजेपछि भागेर दुवैजना काठमाडौं जानुभयो,' सुदर्शनले भने । कटुवालले बिहीबार जिल्ला प्रशासन कार्यालयबाट अन्तर्जातीय विवाह गरेको प्रमाणपत्र लिएका छन् । बजेट भाषणमार्फत सरकारले दलितसँग विवाह गर्नेलाई एक लाख रुपैयाँ दिने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गर्ने यो पहिलो जोडी हो । सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार उनीहरूले अन्तर्जातीय विवाह गरेको प्रमाणित भए पनि अहिलेसम्म पैसा दिने विषयमा निर्देशिका नबनेकाले उनीहरूले पाउने रकमको विषयमा टुंगो लागेको छैन । 'अहिलेसम्म निर्देशिका बनेको छैन,' गेलालले भने, 'निर्देशिका बनेपछि मात्रै रकम दिने प्रक्रिया सुरु हुन्छ ।'



del.icio.us
Digg
तपाईंको उच्च विचारको हार्दिक स्वागत एवं धन्यवाद । यहाँ आफूले आफूलाई बडो महा मानव ठानी मानवतालाई भकुन्डो सम्झने हरुले गर्दा नै देश कुन अधोगती तिर लम्कदै छ भन्ने सबै को सामु छ । परमेश्वोरका सन्तान हामी कसैले बुजी बुजी पनि बुज पचाउने भएकाले नै हामी संसारको अती विकशित मुलुकमा पनि नेपाली हुन सकेका छैनौ ।
तपाईंको भावना अझै प्रखर होस् परमेश्वोरसँग प्रार्थना ।
Because of money, peoples will start to make false certificate.
I d'not think it is a good idea.
Post your comment