Newsletter
Email:
Home | देश | पद मात्रै ओगटे मन्त्री र मुख्यसचिवले

पद मात्रै ओगटे मन्त्री र मुख्यसचिवले

Font size: Decrease font Enlarge font

नयाँ पत्रिका

काठमाडांै, १६ कात्तिक

संघीय प्रशासनको खाका कोर्ने जिम्मेवारी पाएको प्रशासन पुनर्संरचना आयोगले निर्धारित समयमा जिम्मेवारी पूरा गर्न नसक्ने देखिएको छ ।

मन्त्री अध्यक्ष, राज्यमन्त्री उपाध्यक्ष र मुख्यसचिव सदस्य रहेको आयोगले दुई महिनायता कुनै काम गरेको छैन । आयोग छ, तर बैठक बस्दैन । बल्ल-तल्ल बैठक बस्छ, तर त्यहाँ महत्त्वपूर्ण पद ओगटेका मन्त्री, मुख्यसचिव नै अनुपस्थित रहन्छन् र बैठक निर्णय नगरी सकिन्छ । आयोग न पूर्ण छ, न यहाँ दरबन्दीअनुसार कर्मचारी छन् ।

आयोगका एक कर्मचारी भन्छन्, 'मन्त्री र मुख्यसचिव पद मात्रै ओगट्छन्, समय दिनै सक्दैनन्, बैठक त हुँदैन, कसरी होस् त काम ?'

०६५ मंसिरमा माओवादी नेतृत्वमा रहेको तत्कालीन सरकारले गठन गरेको आयोग नयाँ सरकार बनेपछि गत भदौमा पुनर्गठन गरिएको थियो । तत्कालीन सरकारबाट नियुक्त ६ जना सदस्यलाई हटाइए पनि सरकारले अन्य सदस्य थप गर्न सकेको छैन । आयोगमा पदेन-सदस्यबाहेक अच्यूतबहादुर राजभण्डारी र विजया केसी मात्र दुई सदस्य छन् ।

आयोग पुनर्गठन भएपछि दुईपटक मात्र बैठक बसेको छ । मन्त्री, राज्यमन्त्री र मुख्यसचिव आयोग कार्यालय बिरलै मात्र जाने गरेको कर्मचारी बताउँछन् । आयोग सदस्य राजभण्डारी आयोगमा पदाधिकारी पूर्ण हुन नसक्दा काम अगाडि बढाउन नसकिएको बताउँछन् ।

'तत्कालै सदस्य थपिने जानकारी पाएका थियौँ, तर लामो समयसम्म पनि थप हुन नसक्दा काम गर्न कठिन भएको छ,' आयोग सदस्य राजभण्डारीले नयाँ पत्रिकासँग भने । उनका अनुसार सरकारले आयोगमा रहेको सचिवको दरबन्दी पनि कटौती गरेको छ । आयोगमा सहसचिवको दरबन्दी रहे पनि सो पदमा हाल कोही पनि कार्यरत छैनन् । आयोगको सदस्य-सचिवको जिम्मेवारी पाएका सहसचिव चूडामणि शर्मालाई सरकारले अन्यत्रै सरुवा गरेको छ, तर उनको ठाउँमा कसैलाई पठाएको छैन । यसले आयोगका नियमित र प्रशासनिक कामसमेत ठप्पजस्तै बनेका छन् ।

आयोग प्रशासन शाखाका अनुसार आयोगमा सुरुमा ३५ कर्मचारी दरबन्दी थियो । सरकारले त्यसलाई घटाएर २८ मा झारेकोमा २८ मध्ये झन्डै आधा कर्मचारी अन्यत्रै सरुवा भएका छन् । रिक्त दरबन्दीमा अन्य कर्मचारी ल्याइएको छैन । 'एकातिर कर्मचारीको अभाव छ, अर्कोतिर पदाधिकारी पूर्ति हुन सकेका छैनन्, यस्तो अवस्थामा कसरी काम अगाडि बढाउने ?' सदस्य राजभण्डारीले भने ।

०६५ मंसिरमा गठित आयोगले संघीय शासनमा उपयुक्त हुने प्रशासनिक व्यवस्थाको खाका तयार गर्नेलगायत सार्वजनिक सेवा प्रवाहमा सुधारसम्बन्धी प्रतिवेदन र समग्र प्रशासनिक संगठनको संरचनासम्बन्धी प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ । एक वर्षको समयावधि दिइएको आयोगले निश्चित समयावधिमा मुस्किलले पहिलो प्रतिवेदन मात्रै बुझाउन सकेको छ ।

Subscribe to comments feed Comments (2 posted):

aandhi on 03/11/2009 14:08:48
avatar
lekha dherai ramro6 thanks.
Thumbs Up Thumbs Down
0
govinda adhikari on 03/11/2009 11:34:45
avatar
Yashle pani dekhaucha ki yo sarkar sanghiya sashan prati usko chaso chaina ra sambidhaan nirmaan yo sarkarko lakshya hoina vanera. yo aayog ma darbandi anurup niyukti nagarnu,vako darbandi katauti garne,mantri sachiv baithakma anupasthit hune,niyukti gareka lai anyatra saruwa garne jasto kaam gareko cha. yo sarkarle sanghiya sashan barema khaaka korne aayoglai bewarisha banayera gairjimbewaripan dekhayeko cha.Yasle yo ispasta huncha ki amale ra congress sanghiya sashan ra sambidhaan nirmaan prati uni haru imaandar chainan ra uniharu ko lakshya agragaman lai roknu matra dekhincha.
Thumbs Up Thumbs Down
0
total: 2 | displaying: 1 - 2

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?