साहसी बालिकालाई सहयोग
काभ्रे/ बाघसँग कुस्ती खेलेर आफ्नो भाईलाई बचाउने नासिकास्थान-७ की सजना लामालाई केही युवाले आर्थिक सहयोग गरेका छन् । काठमाडौं थानकोटका रघुवीर खड्का, प्रकाश बस्नेत, विष्णुबहादुर तामाङ, आनन्दनारायण मानन्धर र दिलीप खड्काले संयुक्त रूपमा लामालाई २० हजार रुपैयाँ सहयोग गरेका हुन् । बुधबार स्थानीय जागृति प्राविमा आयोजित कार्यक्रममा लामालाई सहयोग रकम हस्तान्तरण गरिएको छ । २५ भदौमा बाघसँग कुस्ती खेलेर भाई कुमारलाई बचाउन सफल लामालाई यस वर्षको वर्ष बालक उपाधि प्रदान गर्ने निर्णय भइसकेको छ । आर्थिक अभावका कारण उनको पढाइमा समस्या उत्पन्न भएको समाचार प्रकाशित भएपछि लामालाई सहयोग गरेको उनीहरूले बताए । नयाँ पत्रिकाले ९ कात्तिकमा लामालाई पढाइमा समस्या उत्पन्न भएको समाचार प्रकाशित गरेको थियो । यसैगरी उनीहरूले लामाका भाइ कुमार लामाको पढाइका लागि उनी अध्ययनरत विद्यालयलाई सहयोग गरेका छन् । कुमारको पढाइमा मद्दत पुगोस् भन्नका लागि उनी अध्ययनरत स्थानीय जागृति प्राविलाई १० हजार रुपैयाँ सहयोग गरिएको सहयोगी रघुवीर खड्काले बताए ।



del.icio.us
Digg
Post your comment