Newsletter
Email:
Home | देश | नरोकिने भयो पशुबलि

नरोकिने भयो पशुबलि

Font size: Decrease font Enlarge font
image

गढीमाई मेलाको तयारी पूरा

नयाँ पत्रिका

बारा, २१ कात्तिक

अत्यधिक पशुबलिका कारण चर्चित बाराको गढीमाईमा लाग्ने पञ्चवषर्ीय मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । विभिन्न क्षेत्रबाट विरोध र तपस्वी रामबहादुर बम्जनको पहलका बाबजुद यसपटक पनि बलिका नाममा लाखौँ पशुको हिंसा हुँदै छ ।

मेलाको तयारीका लागि करिब ६ महिनाअघिदेखि गढीमाई विकास समिति, गढीमाई मेला संरक्षण समिति र स्थानीय बासिन्दा जुटेका थिए । जिल्लाका विभिन्न गाविसबाट मेलामा पुग्ने पाँचवटा मूलबाटो तयार भइसकेको र अन्य सहायक मार्गमा समेत जिविस बाराले ग्रयाभेल बिछ्याउने कार्य पूरा गरेकाले विगतमा जस्तो मन्दिर पुग्न समस्या नहुने संरक्षण समितिले जनाएको छ ।

करिब तीन वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफलभित्र सञ्चालन हुने सो मेलामा यातायात, बिजुली, पानी, औषधिबाहेक दर्शनार्थीलाई निःशुल्क आवास र शौचालयका लागि जिल्लास्थित करिब ५० संघसंस्थाले मागेअनुसारको जग्गा समितिले उपलब्ध गराइसकेको छ । भारतीय, र नेपाली गरी एक करोडभन्दा बढी दर्शनार्थीको उपस्थिति रहने सो मेलामा पशुबलि दिनका लागि आधुनिक बधशालासमेत निर्माण भइसकेको छ ।

यसपटकको मेलामा १५ हजारभन्दा बढी राँगा, दुई लाखभन्दा बढी बोका र लाखौँको संख्यामा हाँस, कुखुरा र परेवाको बलि दिइने गढीमाई मन्दिरका मूलपुजारी मंगल चौधरीकोे दाबी छ । उनी भन्छन्, 'यो संख्या अघिल्लो मेलाको भन्दा केही बढी मात्र हो ।'

बलिका लागि उपयुक्त घरेलु हतियार खुँडा लिई आउने करिब तीन सय दक्ष व्यक्तिलाई प्रहरी प्रशासन र समितिको रोहवरमा बलि-पास दिई खटाइने पुजारी चौधरीले बताए । मेला व्यवस्थित गर्न १५ सयभन्दा बढी स्वयंसेवक खटिने समितिले जनाएको छ । मेलामा नेपाल प्रहरीको १८ वटा सुरक्षा-पोस्ट रहने प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले जानकारी दिए ।

मेलामा मनोरञ्जनका लागि भारत र नेपालका सर्कस, थियटर, कन्सर्ट आदि रहनेछन् भने सयौँ होटललाई जग्गा भाडामा दिएको समितिले जनाएको छ ।

मन्दिर पुग्नका लागि भारतको घोडासन, छोडादानो, आदापुर, रक्सोल रेल्वे स्टेसनका साथै नेपालको वीरगन्ज र पथलैयाबाट बसको व्यवस्था हुने प्रचार उपसमितिले जनाएको छ ।

गढीमाई क्षेत्र विकाश र मेला प्रवर्धनका लागि सरकारले गत वर्ष ८० लाख रुपैयाँ निकासा गरेको थियो ।

यसरी सुरु हुन्छ बलि

गढीमाईमा पशुबलि दिने भाकल गरेपछि मनमा चिताएको कुरा पुग्ने जनविश्वास रहेकाले नेपाल र भारतका सर्वसाधारणले राँगा, बोका, कुखुरा र हाँसको बलि दिने परम्परा छ । यस वर्ष गढीमाई मन्दिरमा मंसिर ९ गते विधिवत् बलि सुरु हुनेछ ।

मन्दिरसँगै रहेको बलि दिने ठाउँ बह्मस्थानमा स्थानीय झाँक्री दुखा कछाडियाले आप\mनै शरीरको पाँच ठाउँबाट रगत निकाली 'नरबलि' दिएपछि तान्त्रिक विधिबाट बत्ती आफैँ बल्ने पुजारी चौधरीले दाबी गरे । उनका अनुसार बत्ती आफैँ बलेपछि बोका, सेतो मुसा, पाठी, भाले र सुँगुरको पञ्चबलि दिइन्छ र त्यसपछि सर्वसाधारणका लागि बलि खुला हुनेछ । बलि खुला भएको पहिलो दिन मंसिर ९ गते राँगा बलि हुने र १० गते बोका बलि हुने समितिले जनाएको छ । मेला एक महिना चल्नेछ ।

Subscribe to comments feed Comments (3 posted):

Sarad Dhungel on 08/11/2009 16:55:20
avatar
Yo Bali sali dine chalan. manchelenei chalayeko. kunei dharma ma yo chalan chaina.. Hindu haru le ahimsa garnu parch. .bhanera Rig Veda ma bhaniyeko cha..
Tesmaathi Kaliyug ma .. kewal hari naam le mukti mahincha.. "Kirtanam sada hari"
Thumbs Up Thumbs Down
0
lalu,bara on 08/11/2009 15:44:32
avatar
pashu bali dine kam aantya garnu paryo,plz kunai dharma ma pani prani wa pashu lai tadpayera ragat ko pida ko bali nadeu janata ho,dharma yauta aastha matra ho,nirdos pashu lai namarnu,he janata ho murkha nahou
Thumbs Up Thumbs Down
0
Rajesh Rai on 08/11/2009 13:35:52
avatar
कुनै पनि निर्दोश प्राणीहरुको बली दिनुजस्तो ठुलो पाप यो संसारमा अरु केही पनी छैन। सबैलाई स्वतन्त्र बाच्ने अधिकार छ। ईश्वरले सम्पूर्ण प्राणिहरुको सृस्‍टि गरेको हो। र जुन प्राणि मृत्‍युको मुखमा पुगेको हुन्छ त्यसलाई बरु ईश्वरले नयाँ जिबन दिन्छ। तर ईश्वर बाटै उत्पती भएका निर्दोश प्राणिहरुको बली दिएर ईश्वर कहिलै खुशी हुन सक्दैन। र यो एउटा अन्धबिश्वास मात्रै हो र यो कुरा सबैले बुझेर बलिप्रथा लाई कानुनी रुपमै रोक्नु पर्छ।
राजेश राई
डङराहा ,९,धरहरा
मोरङ
हाल ईराक
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?