Newsletter
Email:
Home | देश | एयरपोर्टमा भारतीय वायुसेना राख्न नेपाल असहमत

एयरपोर्टमा भारतीय वायुसेना राख्न नेपाल असहमत

Font size: Decrease font Enlarge font
image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेना (एयरमार्सल) राख्ने र सुपुर्दगी सन्धिमा अन्तिम हस्ताक्षर गर्ने प्रमुख दुवै प्रस्ताव नेपालद्वारा अस्वीकार

नयाँ पत्रिका

काठमाडौं, २१ कात्तिक

नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायुसेनाको सुरक्षाका लागि एयरमार्सल राख्ने भारतीय प्रस्ताव अस्वीकार गरेको छ ।

सुपुर्दगी सन्धिमा अन्तिम हस्ताक्षर गर्न भारतीय पक्षबाट गरिएको प्रस्तावमा पनि नेपाल सहमत हुन सकेन । शनिबार सम्पन्न दुईदिने नेपाल-भारत गृहसचिवस्तरीय बैठकमा भारतका तर्फबाट राखिएका प्रमुख दुई मुद्दामा नेपाल असहमत भएको हो ।

भारतीय गृहसचिव गोपाल के. पिल्लाईले बैठकमा सुपुर्दगी सन्धिमा प्रारम्भिक हस्ताक्षर भइसकेकाले अन्तिम हस्ताक्षरका लागि नेपाली पक्षलाई दबाब दिएका थिए । नेपाली पक्षले भने उच्चस्तरीय राजनीतिक सहमति नभई हस्ताक्षर गर्न नसकिने जवाफ दिएको छ ।

नेपाल र भारतका गृहसचिवबीच प्रारम्भिक हस्ताक्षर भएको सुपुर्दगी सन्धिमा तेस्रो देशका नागरिकसमेत सुपुर्दगी गर्नुपर्ने, भारतीय सुरक्षाकर्मी हतियारसहित नेपालमा आएर कुनै पनि मुद्दाको अनुसन्धान गर्न पाउनेजस्ता विवादित विषय समावेश छन् ।

नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका गृहसचिव डा. गोविन्द कुसुमले सन्धिमा हस्ताक्षरका लागि मन्त्रिपरिषद्ले निर्णय गरी संसद्ले अनुमोदन गर्नुपर्ने बताउँदै पहिला राजनीतिक सहमति नबनी सन्धिमा हस्ताक्षर गर्न नसकिने बताएका थिए । भारतीय पक्षले आफ्नो विमानको सुरक्षाका लागि एयर मार्सल राख्न गरेको प्रस्तावमा समेत सहमति हुन सकेन । भारतले प्रमुख प्राथमिकतामा राखेको दुवै प्रस्तावमा सहमति हुन नसकेपछि सीमा क्षेत्रमा हुने अपराध, मानव बेचबिखन र नक्कली पैसाको कारोबारसम्बन्धी अवैध क्रियाकलापको नियन्त्रणमा सहकार्य गर्ने निर्णय गर्दै दुईदिने बैठक सकिएको छ ।

बैठकबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा आतंकवादी गतिविधि एवं असामाजिक तत्त्वका क्रियाकलापलाई निस्तेज पार्न दुवै देशले मिलेर काम गर्न सहमत भएको जानकारी दिइयो । गृहसचिव कुसुमले नेपालका तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)द्वारा सीमा क्षेत्रका नेपालीमाथि समय-समयमा हुने दुव्र्यवहारका बारेमा बैठकमा कुरा राखेको बताए । नेपाली पक्षको गुनासोपछि भारत जिल्लास्तरमा रहेका समन्वय समितिमार्फत समस्या समाधान गर्न राजी भएको उनले बताए ।

कुसुमले सुपुर्दगी सन्धि र भारतले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न आग्रह गरिरहेको आप

\mना सुरक्षाकर्मी (एयर मार्सल) को विषय बैठकको एजेन्डामा नपरेको दाबी गरे ।

भारतीय गृहसचिव गोपाल के. पिल्लाईले बैठकमा दुई देशबीचको खुला सीमा प्रयोग गरी हुँदै आएका विभिन्न आपराधिक र आतंकवादी गतिविधि नियन्त्रणका विषयमा छलफल भएको बताए । उनले भने, 'हामी आतंकवाद नियन्त्रणका लागि सीमा कडाइ गर्न सहमत भयौँ ।'

पिल्लाईले सुपुर्दगी सन्धि र एयरमार्सलका बारेमा भारतले नेपाल सरकारलाई कुनै दबाब नदिएको पनि दाबी गरे । उनले सुपुर्दगी सन्धिमा हस्ताक्षर अन्तिम चरणमा रहेको पनि खुलासा गरे । नेपालको अनुकूलतामा सन्धिमा हस्ताक्षर हुने उनले बताए ।

पिल्लाईले नेपाली माओवादी र भारतीय माओवादीबीच सम्बन्ध रहेको बताए । तर, हिंसात्मक घटनामा नेपाली माओवादीबाट सहयोग भएको बारे कुनै जानकारी नभएको उनले बताए । पिल्लाईले पत्रकार सम्मेलनमा भने, 'दुई देशका माओवादीबीच सम्बन्ध रहेको हामीलाई थाहा छ, तर दुवैको विचारधारा फरक छ । नेपालको माओवादी लोकतान्त्रिक पद्धतिमा आइसकेको छ । तर, भारतीय माओवादीले आफ्नो सशस्त्र गतिविधि छाडेको छैन ।'

प्रत्येक वर्ष हुने दुई देशबीचको गृहसचिवस्तरीय बैठक अर्काे वर्ष भारतको राजधानी नयाँदिल्लीमा गर्ने सहमतिसमेत बैठकमा भएको छ ।

Subscribe to comments feed Comments (10 posted):

binod kc on 08/11/2009 17:48:03
avatar
kina nepal ma indian army hrule nepal ko airport ma nepali lai chadeena indian army ani indian army lai hatiar liyara nepal ma auna npaune grnu parchha uta din ka din inda le nepal ko simana michi rheko chha hamra purkha hrule rato ragt le koreko nksa tesri michna dinu hudeen adrnia nepali rajnitik parti tha manajan haru desko lagi khi grnu ho sadee vari ghush pesma n fsnuho

binod kc iraq baghdad camp liberty
Thumbs Up Thumbs Down
0
ujwal,Tongmyong university,korea on 08/11/2009 13:47:53
avatar
"Indian suracha karmi hatiyar liyera aauna paune" Yo jasto thulo Apaman aru k huna sakcha?? Aam nepali nagarik ko Mutu galaune ani Hridaye nai chiya-chiya parne Bharatiye yesto Apaman purna prastab aauda ta thado pratibad garnu parcha. YO prastama sahamati janau chau bhane ta baru sidhai Aaja dekhi nepal India ko kunai pranta hune bhanera hastachar gara.Bidmbana Yesta nalayek Neta ani Sarkar hunuma...
Thumbs Up Thumbs Down
0
binod bhandari on 08/11/2009 12:12:58
avatar
डा. गोविन्द कुसुम well done !!!!!!!!!! tapai ek matra nepal aaama ko eklo chhora ho !!!!!!!!!!!! neta haru ko father r mother ko nai address thaha hudain so tini haru j pni garn sakchhhan!!!!!!!!!!!डा. गोविन्द कुसुम tapaiko 7 pusta le kahile dukha n paos ! shree nepal aama le r shree pashupati naatha le tapai lai laaakha laaakh barsah ko juni diun !!!!!!!! Dr. saheb masanga tapailai thanks bhanne sabda nai aayen , Great job डा. गोविन्द कुसुम
Thumbs Up Thumbs Down
0
bikash thapa on 08/11/2009 11:34:26
avatar
india lai lat hanu parcha kinaki hamro matribhumima sala tiniharuko desh ko air marshal rakhane bhancha khate kukur ? yo sandhi ma sign garyo bhane makune mero goli khanchas khabardar
thapa lai chineko chaenas ok byeeeeeeee
Thumbs Up Thumbs Down
1
chitwan kushal on 08/11/2009 10:55:47
avatar
राष्ट्रबाद भारतलाई गाली गरेर बढ्ने पनि होइन, उस्लाई गाली गरेर घट्ने पनि होइन।

राष्ट्रबादको लागि एउटा आत्मा चाहिन्छ जो एक कप चिया मा नबिकोस । कुनै पनि दुताबासले दिने scholarship मा नबिकोस।

जस्ले एउटा घर होइन देश बनाउने सपना देखोस्, आफ्नो लागि होइन सारा देशवासी लाई सम्पन्न भएको देख्न सकोस । कोरा राष्ट्र भक्ती नभएर आफ्नो देश को पहिचान बढाउन सकोस ।

टि भि मा गीत गाएर राष्ट्रबादी भइने भये त अहिले माओवादी ले कती गीत गएक छन । तर जेहोस् यि टि.भी का program हरुले राष्ट्रबाद नबढाएे पनि हाम्रो भावनात्मक सम्बन्ध र मायालाई पक्कै बढाएको छ।

अर्को कुरा दुनियाँमा दुइटा यस्ता कमिना देश छन जुन आफ्नो प्रगती भन्दा अर्का को खुशी र सम्रिद्दिमा डाह गर्छन् अनी अरु लाई कहिले माथि जान दिदैनन। दुर्भाग्य हाम्रो दक्षिणतिर का छिमेकी पनि ति दुई मध्य परे , यही नै हाम्रो दुर्भाग्य हो ।भारतीय बिस्तारबाद मुर्दाबाद!!!भारतीय बिस्तारबाद मुर्दाबाद!!!भारतीय बिस्तारबाद मुर्दाबाद!!!भारतीय बिस्तारबाद मुर्दाबाद!!!भारतीय बिस्तारबाद मुर्दाबाद!!!भारतीय बिस्तारबाद
Thumbs Up Thumbs Down
0
kushal neupane chitwan on 08/11/2009 10:36:43
avatar
भारतीय बिस्तारबाद को बिरोध गरौ,माटो बचाऔ…
By swissnepal
Globel day of action against Indian Aggression(globaler Tag der Tätigkeit gegen indischen Angriff)
हिजो पनि लडेकै हौ,परी आए आज पनि लड्न तयार छौ तर भारतीय को अगाडि झुक्दैनौ।।।।
देसले रगत मागे मेरो बली चढाउ।……..
भारतीय ज्यादतिविरुद्ध विश्वभर गरिने अनलाइन प्रदर्शनप्रति स्विसनेपाल ब्लग समर्थन जनाउछ। र माइसन्सार डट कम मा प्रकासित केही फोटोहरु यहाँ राखियको छ।


photos from mysansar.com

सुरज सिपाइ from mysansar.com

नबराज पाण्डे from mysansar.comfast cyber from mysansar.com

नेपाली समाज इज्रायल prakash bastakoti

susil gautam

prakash paudel

binod
Thumbs Up Thumbs Down
1
ram on 08/11/2009 10:35:56
avatar
this ia the right move from nepal government.everever allow indian oneside treaty.
Thumbs Up Thumbs Down
0
Rajesh Shrestha on 08/11/2009 10:03:45
avatar
Nepal le ahile chahi right dicision diyo, saala india sanga kina jhukne, je payo tehi prastap liyara aaune , kaha samma ko hepaha prabriti , hamro airport ma uniharu ko bayu sena rakhne uniharu ko plane ko suraksha dina? saala dhoto......
Thumbs Up Thumbs Down
2
on 08/11/2009 09:07:07
avatar
f**** you
Thumbs Up Thumbs Down
1
THAPA RAJBARSINGHA / CANADA on 08/11/2009 08:08:48
avatar
WHAT INDIAN THOUGHT ABOUT THEIRSELF ???? WANA DEPLOY AIRMARSAL IN OUR AIRPORT????? NO WAY ,,,,
THATS WHY CHINA CLAIMING ARUNCHAL PRADESH ..GO AND DEAL WITH THEM ....DONT TRY TO MINIMIZE OUR MORALITY ...INDIAN GOVERNMENT ...YOU GUYS WILL HAVE MORE MORE HARD DAY ON COMING DAYS IF YOU GUYS KEEP DOING THIS KIND OF ..JOB
DONT THINK NEPALESE PEOPLE ARE FOOL OKKKK
Thumbs Up Thumbs Down
3
total: 10 | displaying: 1 - 10

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?