लुटेरा ट्याक्सीचालक पक्राउ
काठमाडौं/ ट्याक्सी चढेका यात्रुलाई लुट्ने ट्याक्सीचालक पक्राउ परेका छन् । ट्याक्सी चढेका भारतीय नागरिकको साथमा रहेको पैसा र मोबाइल सेट लुट्ने बा१ज ९७४ नम्बरको टयाक्सीका चालक २४ वर्षीय राजकुमार भारती र उनका सहयोगी २२ वर्षीय सुरज विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले मंगलबार बेलुका ११ बजे काठमाडौं महानगरपालिका-१५ चौमतीमा पुर्याएर टयाक्सीका यात्रु भारतीय नागरिक ४७ वषर्ीय पि्रया प्रदीप मोहन र ५६ वर्षीय प्रगति मोहनको साथमा रहेको नौ हजार भारु र एक सेट मोबाइल लुटेका थिए ।
लुटपाटबारे उजुरी परेपछि महानगरीय प्रहरी प्रभाग गौशालाको टोलीले टयाक्सीचालक र उनका सहयोगीलाई पक्राउ गरेको हो । पक्राउ दुवै लुटेरा महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा छन ।
यसैगरी, काठमाडौं-१५ ढुंगेधारामा रहेको राधेश्याम वचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । मंगलबार बेलुका सहकारीबाट करिब एक लाख २७ हजार रुपैयाँ चोरी भएको हो । चोरले संस्थाको ढोका फोरेर तीनथान कम्प्युटर अन्य सामान चोरी गरेको प्रहरीले जनाएको छ ।



del.icio.us
Digg
Post your comment