Newsletter
Email:
Home | देश | राजधानीका विद्यालयमा स्वाइनफ्लुको सतर्कता

राजधानीका विद्यालयमा स्वाइनफ्लुको सतर्कता

Font size: Decrease font Enlarge font

 

नयाँ पत्रिका

काठमाडौं, २९ कात्तिक

राजधानीका निजी विद्यालय स्वाइनफ्लुप्रति संवेदनशील भएका छन् । कतिपय निजी विद्यालयले सबै विद्यार्थीलाई अनिवार्य रूपमा मास्क लगाउन निर्देशन दिएका छन् । विभिन्न जिल्लामा स्वाइनफ्लु फैलिएपछि राजधानीका विद्यालय पनि सतर्क भएका हुन् ।

एक/दुईजना विद्यार्थीलाई स्वाइनफ्लु भएमा छिट्टै सहज रूपमा धेरैमा फैलिने भएकाले मास्क लगाउन अनिवार्य गरिएको विद्यालय सञ्चालकहरूले बताएका छन् । मीनभवनको भिएस निकेतन स्कुलमा पनि केही दिनयता मास्क अनिवार्य गरिएको छ । सो विद्यालयका संस्थापक पि्रन्सिपल डा. बाबुराम पोखरेलले कसैलाई स्वाइनफ्लु नलागे पनि सतर्कता अपनाइएको बताए । पोखरेलले नयाँ पत्रिकासँग भने, 'स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन जारी गरेको सूचनालाई मध्यनजर गरेर सबैलाई मास्क लगाउन भनेका हौँ ।' बानेश्वर क्षेत्रका प्रायः सबै विद्यालयमा मास्क अनिर्वाय लगाउन निर्देशन गरिएको छ ।

भक्तपुरका विद्यालय पनि संवेदनशील भएका छन् । अधिकांश विद्यार्थीले मास्क लगाउन थालेको एनप्याब्सनका महासचिव ऋतुराज सापकोटाले बताए । अहिले सामान्य ज्वरो, रुघाखोकी लागेका विद्यार्थीलाई सुरुमै हस्पिटल लग्ने र अभिभावकलाई जानकारी गराउन थालिएको बताए ।

'हामीले अनिवार्य मास्क लगाउ भनेका छैनाँै, तर मास्क लगाउँदा राम्रो भनेर सचेत गराएका छौँ, महासचिव सापकोटाले नयाँ पत्रिकासँग भने, 'अनिवार्य लगाउन भन्दा विद्यालयले मास्कको पनि व्यापार गर्न थाल्यो भन्लान् भनेर सचेत मात्र गराएका छौँ ।' रुमाल सेयर नगर्न, सामान्य ज्वरो आएमा डाक्टरसँग कन्सल्ट गर्ने गरेको सापकोटाले बताए । उनले भने, 'हामी धेरै संवेदनशील छौँ ।'

ललितपुरका विद्यालयमा पनि स्वाइनफ्लुप्रति सचेतना अपनाउन थालिएको छ । सचेतनाका लागि कार्यक्रम नै सञ्चालन गरेको प्याब्सनका महासचिव टिआर ढकालले बताए । महासचिव ढकालले नयाँ पत्रिकासँग भने, 'स्वाइनफ्लुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ र विद्यार्थीले आफै मास्क लगाएर आउन थालेका छन् ।' पर्वत, बाग्लुङलगायत जिल्लाका विद्यार्थीमा स्वाइनफ्लु देखिएपछि काठमाडौंका विद्यालयमा समेत उच्च सतर्कता अपनाउन थालिएको हो ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?