Newsletter
Email:
Home | देश | उच्चमाविको परीक्षाफलमा त्रुटि नै त्रुटि

उच्चमाविको परीक्षाफलमा त्रुटि नै त्रुटि

Font size: Decrease font Enlarge font
image

परिषद्को लापरबाहीले बर्सेनि विद्यार्थी हैरान

नयाँ पत्रिका

काठमाडौं, ३ मंसिर

उच्चमाध्यमिक शिक्षा परिषद्को लापरबाहीका कारण हरेक वर्ष हजारौँ विद्यार्थीले हैरानी खेप्नुपरेको छ । विगतमा झैं यस वर्ष पनि ११ र १२ कक्षाको रिजल्टमा 'मिसिङ केस' बाट विद्यार्थीले दुःख पाएका छन् । यस वर्ष पनि रिजल्ट सार्वजनिक भएको चार दिनमै दर्जनौँ विद्यार्थी रिजल्टमा त्रुटि भएको गुनासो लिएर परिषद् पुगेका छन् । एउटै कलेजका ३७ जनासम्मको रिजल्टमा त्रुटि पाइएको छ ।

चार दिनअघि प्रकाशित कक्षा ११ को रिजल्टमा काठमाडौंको ह्वाइट हाउस उच्चमाविका ३७ विद्यार्थीको रिजल्टमा त्रुटि पाइएको छ । सो उमाविमा व्यवस्थापन संकायमा पढ्ने विद्यार्थीको मार्कसिटमा विज्ञान संकायमा पढाइ हुने 'केमेस्ट्री' विषयको मार्क चढाएर पठाइएको छ ।

उमाविले प्रकाशित गरेको परीक्षाफलमा परीक्षा दिएका विद्यार्थीको पनि गयल लेखिएको छ । प्रयोगात्मक परीक्षा दिनेले पनि गयल लेखिएको मार्कसिट पाएका छन् ।

ह्वाइट हाउसका पि्रन्सिपल माधव शर्माले यो उच्चमाध्यमिक शिक्षा परिषद्को लापरबाहीको नमुना भएको बताए । उनले भने, 'सामान्य व्यक्तिलाई पनि थाहा छ, कमर्समा केमेस्ट्री पढाइ हुँदैन, कसरी दर्जनौँ विद्यार्थीका मार्कसिटमा त्यस विषयको मार्क चढाइयो ?'

'विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने काम उच्चमाविले गरेको छ,' पि्रन्सिपल शर्माले भने, '३७ जना विद्यार्थीको मार्कसिट र निवेदन उच्चमावि परिषद्मा १ गते नै दिइसकेका छौँ ।' ह्वाइट हाउस कलेजले काठमाडौंको अन्य कलेजभन्दा गुणस्तरीय शिक्षा दिँदै आएको र विगतको वर्षमा राम्रो परीक्षाफल ल्याउन सफल भएकाले प्रतिस्पर्धी कलेजको मिलोमतोमा जानीजानी फरीक्षाफल बिगार्न लगाइएको आंशकासमेत पि्रन्सिपल शर्माले व्यक्त गरे ।

शर्माका अनुसार आप\mनो कलेजमा पढाइ नै नहुने विषय राजनीतिशास्त्रको मार्क चढाएर पठाइएको छ । ह्वाइट हाउसका एक विद्यार्थीले भने, 'पाँचवटा विषयमा परीक्षा दिएको थिएँ, तीनवटामा गयल लेखिएर आएछ ।' उनले विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने जोसुकैलाई कारबाही गर्नुपर्ने बताए ।

ह्वाइट हाउस कलेजको परीक्षाफलमा त्रुटि परिषद्को काठमाडौं कार्यालयबाट भएको पत्ता लागेको छ । परिषद्का एक अधिकृतका अनुसार परीक्षार्फम इन्ट्री गर्दा गलत कोड हानेका कारण धेरै समस्या आएको बताए । व्यवस्थापन संकायको होटल म्यानेजमेन्ट विषयको कोड नम्बर १७० हान्नुपर्नेमा विज्ञान संकायको केमेस्ट्रीको ११२ नम्बर हानिएका कारण रिजल्टमा त्रुटि भएको परिषद्का अधिकृतले बताए । काठमाडौं कार्यालय प्रमुख भवराज कोइराला भने आफ्नो गल्ती स्विकार्न तयार छैनन् । उनी परीक्षा नियन्त्रण कार्यालय नै दोषी भएको बताउँछन् । कोइराला प्रश्न गर्छन्, 'हामीले गलत कोड नम्बर इन्ट्री गरेको भए केन्द्रले किन स्वीकार गर्‍यो त ?' आफूहरूले गल्ती गरेको भए छानबिन गर्न सक्ने उनले चुनौती दिए ।

परिषद्ले ०६५ को कक्षा ११ को परीक्षाफलमा मात्रै करिब आठ हजार रिजल्टमा त्रुटि भएको थियो । गत भदौमा प्रकाशित कक्षा १२ को रिजल्टमा मात्रै महिना दिनमा ११ सयभन्दा बढीको विद्यार्थीको 'मिसिङ केस' सच्याइएको थियो । सबैभन्दा बढी काठमाडौं कार्यालयअन्तर्गत उच्चमाविका विद्यार्थीको रिजल्टमा त्रुटि पाइएको छ ।

१२ कक्षाको रिजल्ट सच्याउन आएका केही विद्यार्थीको कपी नै भेटिएका थिएनन् । कपी नभेटिएकालाई फेरि परीक्षा लिइएको थियो । उता 'मार्क मिसिङ' सच्याउन निवेदन दिएको महिना दिन बित्न लाग्दासमेत मार्क नसच्याइदिँदा काठमाडौं बाहिरबाट आउने विद्यार्थी समस्यामा पर्ने गरेका छन् ।

कतिपयका मार्कसिटमा 'एब्सेन्ट' लेखिएर आएका छन् । एउटा विषयमा परीक्षा दिएकामा मार्कसिटमा अर्कै विषयमा नम्बर दिइएको र कतिपय विद्यार्थीको सिम्बोल नम्बर नै गलत पनि पाइएको छ । पनिका स्रोतले भन्यो, 'रुजु नगरेका कारण पास हुने विद्यार्थीको नम्बर कमजोर विद्यार्थीको मार्कसिटमा चढेको छ ।' प्राक्टिकल नम्बर विद्यालयले पठाए पनि पनिकाले नचढाउँदा मार्कसिटमा खाली देखिएका छन् ।

Subscribe to comments feed Comments (6 posted):

keshav sapkota on 20/11/2009 00:11:32
avatar
This is verry bad for student.why hseb play with student life.
Thumbs Up Thumbs Down
0
krishna chauhan on 19/11/2009 22:21:22
avatar
यति मात्रै नवयेर उप्ग्रदे गर्नुपर्द परिक्षयन नै नगरी मिस्तके छैन वन्६ । यो त अती नै वयो नि।
university of helsinki
FINLAND
Thumbs Up Thumbs Down
0
R K Giri on 19/11/2009 09:46:52
avatar
privet campus le pani sarkari nakkal gareko hunu par6
Thumbs Up Thumbs Down
0
Hem sharma on 19/11/2009 08:15:49
avatar
Why the people who could not do the things in responsible way holding the responsibility.It is more then a funniest joke to hear the ANOMOLY by an institution such as HSEB in the result declared by it.Those responsible people should be immedietely trash out of the post to safeguard the reputation of one of the top education certificate provider like HSEB in the country.

Hem chandra sharma Butwal
Thumbs Up Thumbs Down
0
Dinesh shivakoti on 19/11/2009 06:50:42
avatar
white House college.Nepal ko lagi sabrakirta +2 padae hune collge ho tesaile.white House ko Naramro prachar garna HSEB Le J payo tehi garnu hudain.Natra Vane HSEB lae stds le bswas gardainan.Tesaile katai kasaiko kura nasuni HSEB le fair kaam garnu par6..
Thumbs Up Thumbs Down
1
Desh Bhakta on 19/11/2009 06:36:13
avatar
Dhanyabad chha naya nepal ka naya naya talent hakim haru lai naya nepal ma yestai yesta kam gare ra agadi janu parchha ki kaso sikaru hakim sab haru.
Thumbs Up Thumbs Down
-1
total: 6 | displaying: 1 - 6

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?