Newsletter
Email:
Home | देश | एकैदिन चार ठाउँमा चोरी र लुटपाट

एकैदिन चार ठाउँमा चोरी र लुटपाट

Font size: Decrease font Enlarge font

 

 

नयाँ पत्रिका

काठमाडौं, ६ मंसिर

उपत्यकामा एकैदिन ४७ लाखबराबरको धनमाल लुटपाट र चोरी भएको छ । काठमाडौंको गोठाटारमा ४३ लाखबराबरको धनमाल लुटिएको छ भने काठमाडौंको दुई स्थान र ललितपुरको एक स्थानमा भएका तीन चोरीका घटनामा तीन लाख चोरी भएको छ ।

प्रहरीका अनुसार गोठाटार-७ स्थित दिनेश रायमाझीको घरमा बेलुका एक बजे नौ-दसजनाको समूहमा आएका लुटेरा समूहले हतियार देखाएर ४३ लाख रुपैयाँबराबरको धनमाल लुटेको छ । लुटेराहरूले धारिलो हतियार देखाएर घरका सदस्यलाई नियन्त्रणमा लिई दुई लाख ५० हजार रुपैयाँ नगद तथा हीरा र सुनका गहना गरी ४३ लाखबराबरको धनमाल लुटेका थिए ।

यसैगरी काठमाडौं महानगरपालिका-३५ नरेफाँटस्थित सूर्यप्रसाद अधिकारीको घरबाट करिब एक लाख ५५ हजार रुपैयाँ चोरी भएको छ । शुक्रबार मध्याह्न घरमा कोही नभएको अवस्थामा चोरले घरको मूलढोकाको ताला फोडेर २० हजार नगद र सुनका गरगहनासमेत गरी सो धनमाल चोरी गरेका हुन् ।

काठमाडौं महानगरपालिका-१४ खड्कागाउँस्थित तारा शेरचनको घरबाट करिब एक लाख रुपैयाँबराबरको धनमाल चोरी भएको छ । शुक्रबार दिउँसो उनको घरमा कोही नभएको अवस्थामा चोरले मूलढोकाको ताला फोडी नगद, सुनचाँदीका गरगहना र कम्प्युटरसमेत गरी सो रुपैयाँबराबरको धनमाल चोरी गरेका हुन ।

उता, ललितपुर-१ झम्सीखेलस्थित विश्वप्रकाश गौतमको घरबाट करिब एक लाख ३५ हजार रुपैयाँबराबरको धनमाल चोरी भएको छ । शुक्रबार दिउँसो सो घरमा कोही नभएको अवस्थामा चोरले ढोकाको ताला फोडी ३५ हजार रुपैयाँ, सुनका गरगहना, क्यामेरा र मोबाइल सेटसमेत गरी सो रुपैयाँबराबरको धनमाल चोरेको बताइएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?