Newsletter
Email:
Home | देश | गढीमाईमा बलि सुरु

गढीमाईमा बलि सुरु

Font size: Decrease font Enlarge font
image

 

नयाँ पत्रिका

बारा, ८ मंसिर

बाराको गढीमाई मन्दिरमा सप्तमी तिथिका दिन मंगलबार बिहानदेखि बलि सुरु हुने भएको छ । सोमबार राति १२ बजेपछि विधिवत् रूपमा पूजा प्रारम्भ भई पञ्चबलि दिएपछि बलि खुला हुनेछ । मंगलबार एकै दिनमा १५ हजार राँगा बलि हुने बताइएको छ ।

बिधिवत् पूजापछि मदिरसँगै रहेको बलि दिने ठाउँ ब्रह्मस्थानमा स्थानीय झाँक्री दुखा कछाडियाले मंगलबार आप\mनै शरीरको पाँच ठाउँबाट रगत निकाली नरबलि दिनेछन् । त्यसपछि तान्त्रिक विधिबाट बत्ती आफै बल्ने र लगत्तै पञ्चबलि गरिने मन्दिरका मूलपुजारी मंगल चौधरीले बताए ।

 

पशुबलि दिनका लागि १५ हजारभन्दा बढी राँगा मन्दिरमा आइसकेको जनाउँदै मेला मूलसमितिका सचिव मोतीलाल कुशवाहले भने, 'मेला समयभित्र यो संख्या बढेर २० हजार नाघ्नेछ ।' बोका, हाँस र कुखुरा लाखौंको संख्यामा हुने उनको दाबी छ ।

 

पशुबलि मार हान्नका लागि जिल्लाका विभिन्न स्थानबाट दुई सय ५० दक्ष व्यक्तिलाई समितिले अनुमति दिइसकेको छ । उनीहरूले खुँडा, तरबार, खुकुरीलगायतका घरेलु हतियारले मार हान्नेछन् । मार हान्न अनुमति पाएका एकजनाले मेलाभर करिब पाँच सयसम्म मार हान्ने बताइन्छ ।

बलि रोकिने चर्चा भए पनि त्यसको केही असर नपरेको सचिव कुशवाहले बताए । उनी भन्छन्, 'भाकल गरेको पशुबलिका लागि मन्दिर ल्याउँछन्-ल्याउँछन्, रोकिने प्रश्नै छैन ।'

बलिका लागि पशु ल्याउने क्रम व्यापक रहेको र सबैले तिथिमै बलि गर्ने हुनाले चाप एक्कासि बढेको कुशवाहको भनाइ छ । 'हामी व्यवस्थापन गर्न सक्छौँ,' उनले भने ।

मंगलबार राँगाको र बुधबार बोकाको बलि हुने भए पनि मेला अवधिभर पशुबलि जारी रहनेछ । बलिको अघिल्लो दिन सोमबार २० लाखभन्दा बढी दर्शनार्थीको उपस्थिति रहेको समितिले जनाएको छ । देशका विभिन्न भागबाट सयौँ रिजर्भ र निजी सवारीसाधन तथा हजारौँ मोटरसाइकल मेलाक्षेत्रमा प्रवेश गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

मेलास्थलमा एक सय २५ ट्राफिक प्रहरी यातायात व्यवस्थापनमा जुटेका छन् । मेला अवधिभर हुने पशुबलिमा ७० प्रतिशत भारतको विभिन्न राज्यबाट र ३० प्रतिशत मात्रै नेपालबाट पशु आउने सचिव कुशवाहको दाबी छ ।

बोका र राँगा, कुखुरा हाँसको टाउको गाड्न एक बिघा क्षेत्रफलमा खाल्टो खनिएको छ । गढीमाईमा पशुबलि दिने भाकल गरेपछि मनमा चिताएको कुरा पुग्ने जनविश्वास रहेकाले नेपाल र भारतका सर्वसाधारणले गच्छेअनुसारको राँगा, बोका, कुखुरा र हाँसको बलि दिने परम्परा रहिआएको छ ।

Subscribe to comments feed Comments (6 posted):

sundari on 24/11/2009 15:48:35
avatar
jasle PASU BALI DIN6 TESLAI PANI PASU LE ARKO JANAM MA BALI DIN6 YO PALO AUNE6
Thumbs Up Thumbs Down
0
simran devkota on 24/11/2009 11:16:15
avatar
manisha le kina nirdos prani ko bali diyako ho ? yo dheri naramro kam bheyo gadimai mata la ragta khojko hoena.
Thumbs Up Thumbs Down
0
jay on 24/11/2009 10:39:13
avatar
yo 21sau satabtimapani afujastai prani lai bali diyara manokanchha pura hunchha bhanne haru rachhesi pana danabharuhun.balika lagi lagiyaka sampuira prani harulai bhagawan le uddargarun.gadimai melaka pujari lagayat balima biswasgarne sampurnalai sad buddimilos.arko 5 barsapachi prani harumathi pheri yasto jaganya aparad nadoriyos bhani pratha gardachhu om santi santi santi.
Thumbs Up Thumbs Down
0
aasiam on 24/11/2009 07:25:40
avatar
jala aaja pasu bale dedai chan unehurako chadainai metru huna 6 jastai aafno sarir ustai pasu ko pane aatma huncha ka kunai ramayaran ma pasu bale denai parcha vanara lakhako ta chaina ne jasari jun mancha harula aafna ku karma garaka chan aaosca marapace uneharula aastai fal pauna chan k masu nai khana parcha vanna 6
Thumbs Up Thumbs Down
0
radha, lamosangu,sindhupalchok on 24/11/2009 05:32:30
avatar
bichara pasuharu,vanna bahek k nai garna sakindorahe6a ra?
Thumbs Up Thumbs Down
0
Dinesh on 24/11/2009 03:35:01
avatar
pasu bali dine chalan ta ramro hoina jasto lag6.
Thumbs Up Thumbs Down
0
total: 6 | displaying: 1 - 6

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?