नयाँ पत्रिकाकर्मी पुरस्कृत
ध्नकुटा/ नयाँ पत्रिकाका धनकुटा संवाददाता राजेश राईलाई यस वर्षको मिलन देवान स्मृति साहित्य पुरस्कार, २०६५ प्रदान गरिने भएको छ । अनलाइन नेपाली साहित्य मञ्च बेलायतले प्रत्येक वर्ष प्रदान गर्ने सो पुरस्कार विगत एक दशकदेखि निरन्तर नेपाली साहित्य र पत्रकारितामा योगदान पुर्याएबापत उनलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
राईका देशभक्त कलम कविता-संग्रह २०६० र किराँती लोककथा २०६२ प्रकाशित भएका छन् भने कथा-संग्रह जापानी र अंग्रेजी भाषामा समेत प्रकाशित भइसकेको छ । युवा स्रष्टालाई प्रदान गरिने यस पुरस्कारको राशि नगद १० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment