Newsletter
Email:
Home | देश | चार वर्षदेखि शरीरमा गोली

चार वर्षदेखि शरीरमा गोली

Font size: Decrease font Enlarge font

 

सिराहा/ बडहारामाल-४ की २६ वषर्ीया मञ्जुदेवी साह चार वर्षदेखि शरीरमा गोली बोकेर बाँचिरहेकी छिन् । सिराहाको बन्दीपुरमा ०६२ साल वैशाख २६ गते राति नेपाली सेनाको गुल्म तथा प्रहरीचौकीमा माओवादीले गरेको आक्रमणमा उनलाई गोली लागेको थियो ।

बडहरामाल गाविस-३ बन्दीपुरमा फलफूलको खुद्रा व्यापार गरी जीविकोपार्जन गर्दै आएकी साहले आर्थिक अभावमा उपचार गराउन नसकेकी हुन् ।

सुरुमा धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा सामान्य उपचार गराएकी साहले हालसम्ममा एक लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको बताइन् । 'अझै गोली शरीरभित्रै छ, थप उपचार गर्ने क्षमता छैन,' उनले दुखेसो गरिन् ।

दोहोरो भिडन्तका बेला घरभित्रै रहेकी उनलाई छातीमा गोली लागेको थियो । त्यसबेला सामान्य उपचारपछि दुखाइ कम भए पनि ६ महिनायता छातीमा बढी पीडा हुन थालेको उनले बताइन् । 'बेला-बेलामा मुखबाट रगत आउँछ, औषधि खाएपछि केही

सन्चो हुन्छ फेरि जस्ताको तस्तै,' उनले भनिन् ।

हालसम्म कतैबाट केही सहयोग नपाएको पीडितका पति रामशरण साहले बताए । 'उपचारका लागि कसैले सहयोग गर्ला भनेर धेरै ठाउँमा पुग्यौँ । धेरैजना आएर सोधी-खोजीसमेत गरे, लेखेर पनि लगे, तर कहीँबाट उपचारका लागि सहयोग पाइएको छैन,' उनले भने ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?