Newsletter
Email:
Home | देश | बन्दले देशैभरि जनजीवन अस्त-व्यस्त

बन्दले देशैभरि जनजीवन अस्त-व्यस्त

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौं, २१ मंसिर

माओवादीले आइतबार आह्वान गरेको नेपाल बन्दका क्रममा सप्तरीमा पसल बन्द गराउँदै हिँडेका चारजना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको कञ्चनपुरबाट आइतबार चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पार्टीका जिल्ला सचिवालय सदस्य मानपुर चौधरी, मधेसी राष्ट्रिय मुक्तिमोर्चाका शत्रुधन यादव, रामबिहारी राउत र तारणी सरदार छन् । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । यसैबीच एकीकृत माओवादी र कौशल सिंह नेतृत्वको ओबिसी महासंघले एकैदिन गरेको बन्दका कारण सप्तरीको जनजीवन प्रभावित भएको थियो ।

त्यस्तै, माओवादीले गरेको नेपाल बन्दका कारण आइतबार चितवन पूर्ण रूपमा प्रभावित बन्यो । माओवादी कार्यकर्ता बिहानैदेखि जिल्लाका विभिन्न नाका तथा बजारक्षेत्रमा जम्मा भएर प्रदर्शन गरेका थिए ।

बन्दका कारण चितवनमा कुनै पनि सवारीसाधन चलेनन् भने शैक्षिक संस्था, बजार, उद्योग तथा कलकारखाना पूर्ण रूपमा ठप्प रहे । बन्दकर्ताले एम्बुलेन्स, शववाहन, प्रेसका सवारीलगायतका अति संवेदनशील सवारीसाधनलाई चल्न दिए पनि अन्य सवारीसाधन भने चल्न दिएका थिएनन् । बन्द आह्वान गर्दै निस्केका समूहमा सुकुम्बासी, माओवादीको विद्यार्थी संगठन, अनेरास्ववियू क्रान्तिकारी समर्थित विद्यार्थी पनि थिए । नारायणगढको पुल्चोक, भरतपुरको चौबिसकोठी, पूर्वी चितवनको टाँडीबजारलगायतका स्थानमा माओवादी कार्यकर्ताले सडकमा टायर बालेर चर्काे नाराबाजी गरेका थिए ।

माओवादीले आइतबार गरेको नेपाल बन्दले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भयो । बन्दले यातायात, होटल, पसल, शैक्षिक संस्था बन्द हुँदा यात्रु, व्यवसायी, विद्यार्थीलगायतले सास्ती खेप्न बाध्य भए ।

जिल्ला सदरमुकाम चौतारा, मेलम्ची, बाह्रबिसे, तातोपानीलगायत प्रमुख बजार बन्द गराइए । बन्द आह्वान गर्दै माओवादी कार्यकर्ताले विभिन्न स्थानमा बिहान जुलुस निकालेका थिए । जिल्लाका सात स्नातक क्याम्पस, ३६ उच्च मावि र पाँच सय ३९ सामुदायिक विद्यालयमा पठनपाठन भएन । शैक्षिक संस्था बन्द हुँदा परीक्षा दिइरहेका विद्यार्थी बढी मारमा परे ।

माओवादीको संयुक्त जनआन्दोलन संघर्ष समिति नेपालले आह्वान गरेको बन्दका कारण आइतबार दाङलगायत राप्तीको जनजीवन प्रभावित रह्यो । बन्दका कारण सवारीका कुनै पनि साधन गुडेनन् भने कलकारखाना, उद्योग, बजार बन्द रहे । बन्द आयोजकले सरकारी कार्यालयसमेत बन्द गराए । एम्बुलेन्स, प्रहरी भ्यान र छिटपुट मोटरसाइकल सञ्चालन भए भने मेडिकल, होटल र पिसिओमात्र खुलेका थिए ।

कैलाली घटनाको विषयमा माओवादीले आइतबार आह्वान गरेको नेपाल बन्दले पर्वतलगायत धौलागिरिको जनजीवन प्रभावित बन्यो । बन्दका कारण पोखरा-बाग्लुङ राजमार्गअन्तर्गतको भूपी शेरचन मार्गमा सवारी आवागमन ठप्प बन्यो भने सदरमुकामलगायत अन्य व्यापारिक केन्द्रसमेत बन्द रहे । माओवादी कार्यकर्ताले बिहानैदेखि नाराबाजीसहित बजार परिक्रममा गरेर बन्दका लागि आह्वान गरेका थिए ।

बन्दले निजी तथा सामुदायिक सम्पूर्ण शैक्षिक संस्था पनि बन्द भए । यातायात बन्दका कारण यातायात सुविधा र शैक्षिक संस्था बन्दले बालबालिका पढाइबाट वञ्चित भएपछि यात्रु तथा अभिभावक आक्रोशित बने । बन्दले ठाउँठाउँमा झडप भए पनि पर्वतमा अपि्रय घटना भएनन् । बन्दका कारण कपिलवस्तु पनि सुनसान भयो । बन्दकर्ताले सडकका ठाउँठाउँमा अवरोध सिर्जना गरेपछि पूर्व-पश्चिम राजमार्गमा कुनै पनि सवारीसाधन चलेका छैनन् । सडकमा एम्बुलेन्स, सञ्चारकर्मीका मोटरसाइकल तथा अन्य कुनै पनि सवारीसाधन चलेनन् ।

खोटाङमा पनि बन्दको प्रभाव पर्‍यो । सदरमुकाम दिक्तेलका बजार, पसल प्रभावित बने भने शैक्षिक संस्था पूर्ण रूपमा बन्द भए । तर, सरकारी कार्यालयमा भने नियमित काम भएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । आइतबारमात्रै २० वटा नागरिकता वितरण भएको प्रजिअ आचार्यले बताए ।

उता, उदयपुरमा भने एकीकृत माओवादीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै नेकपा माओवादी मातृका समूहका जिल्ला इन्चार्ज अखण्ड विद्रोहीलाई कुटपिट गरेका छन् । बन्दको अवज्ञा गर्दै इन्चार्ज विद्रोहीले मोटरसाइकल चलाएको भन्दै विद्रोहीलाई कुटपिट गरिएको थियो ।

मोरङमा बजार बन्द गराउँदै हिँडेका १५ माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरी छाडेको छ । उता, बन्दकर्ताले धनकुटामा दुग्ध विकास संस्थाको ट्रकसहित ६ वटा ट्रकमा तोडफोड गरेका छन् भने इलाममा प्रदर्शनकारीले मे२प ७८६८ नम्बरको मोटरसाइकलमा तोडफोड र मे२प १६२२ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् ।

पूर्वका अधिकांश जिल्लामा बन्दको प्रभाव पर्‍यो । पूर्वका मोरङ, सुनसरी, सप्तरी, सिरहा, झापा, इलाम, पाँचथर, धनकुटा, खोटाङलगायतका जिल्लामा यातायात, शिक्षण संस्था तथा कलकारखाना बन्द रहे ।

बन्दको प्रभाव सुर्खेतमा पनि पर्‍यो । सुर्खेतमा बिहानैदेखि कलकारखाना, शैक्षिक संस्था, लामो तथा छोटो दूरीका सवारीसाधन चलेनन् । त्यस्तै, सम्पूर्ण सरकारी कार्यालय पनि बन्द रहे । माओवादी कार्यकर्ता र सुकुम्बासीले वीरेन्द्रनगरका विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरे ।

बन्दको अवज्ञा गरेको भन्दै माओवादी कार्यकर्ताले दिउँसो क्षेत्रीय सिँचाइ, मालपोत र दूरसञ्चार कार्यालयमा समेत तालाबन्दी गर्नुका साथै ढुंगामुढाप्रहार गरे । दिनभरिको कार्यक्रमपछि साँझ माओवादीले मगलगडी चोकबाट मसाल जुलुससमेत निकालेको थियो ।

Subscribe to comments feed Comments (4 posted):

Dhan singh(Afghanistan) on 08/12/2009 05:35:34
avatar
Nepal ka neta haru lai afno aama ko maya 6ina .kashare sasan garne ani moj garne bhanne marta sochiko6.neta haruko aama india le lagi sakyo auslai ke matlab 6ina.des me bahira ko manchi aaye ra sasan garna lagi sakyo tara hamra neta harulai kurchi ko maya le kahaile nachodne bhayo.thanks nepalka neta ho ? afnu janmu bhumi ko lagi ramro garnu bhaye ko timro buddi kahaile aaula hami kure ra basiraheka6au
Thumbs Up Thumbs Down
0
Bibash Nepali on 07/12/2009 12:50:26
avatar
Yo des ma yastai ho ra bahirahanchha pani keena ki yo desma.......................................
Thumbs Up Thumbs Down
0
pandit on 07/12/2009 10:09:10
avatar
he sarkar ho yo maobadi le desh lai damadol banai sakyo kehi bikash garna nai didaina,maobadi lai panchyat kal ko jasto shashan lagu gari maobadi lai phashi dinu payo natra desh ubho lagne 6ena
Thumbs Up Thumbs Down
0
killer on 07/12/2009 07:19:19
avatar
desh khattam parne bho.. yiniharuli killai killa thokera marnu parchha
Thumbs Up Thumbs Down
1
total: 4 | displaying: 1 - 4

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?