बेग्लै संविधान बनाउने मधेसी दलको चेतावनी
काठमाडौं/ मधेसवादी दलले सहमतिविना गरिने सम्झौता कुनै हालतमा मान्य नहुने चेतावनी दिएका छन् । उनीहरूले स्वायत्त मधेस प्रदेशविनाको संविधान अस्वीकार गर्ने दाबी गर्दै त्यसविरुद्ध मधेसबाटै नयाँ संविधान घोषणा गर्ने दाबीसमेत गरे राजधानीमा आयोजित एक कार्यक्रममा तराई-मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले भने, 'ठूला तीन पार्टी रातारात बैठक बसेर सम्झौता गरेर समस्या समाधान गर्ने कुरा बाहिर आएको छ, मधेसी दलको सहमतिविना गरिएको कुनै पनि सम्झौता लागू हुनै सक्दैन ।' 'पहाडे समुदायको कामै मधेसीलाई गिज्याउने हो,' सद्भावना महासचिव मनीष सुमनले भने, 'अहिलेको संविधानसभाले सविधान निर्माण नभए अब मधेसबाटै नयाँ संविधान घोषणा हुन्छ ।' तराई-मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवले मधेसवादी दल सत्तावादी भएको आरोप लगाउँदै यही कारण मधेसको समस्या समाधान हुन नसकेको बताए । सद्भावना पार्टीका कार्यबाहक अध्यक्ष विकास तिवारीले स्वायत्त मधेस प्रदेशविनाको संविधान जिउँदो संविधान नहुने बताए । 'नयाँ नेपाल शरीर हो भने त्यसको प्राण स्वायत्त मधेस प्रदेश हो,' कार्यबाहक अध्यक्ष तिवारीले भने, 'स्वायत्त मधेसी प्रदेश संविधानमा कायम नभए त्यो जल्छ ।'



del.icio.us
Digg
If u can then just stop crying by writing non sense comment.
KEEP IN MIND NOW EACH PEOPLE HAVE GOOD SENSE TO SURVIVE FREELY IN WORLD.
WHY U NOT REALIZE UR REALITY THAT UR FOREFATHE IS GENE OF DHOTI(INDIAN).
Post your comment