Newsletter
Email:
Home | देश | विद्यालयमा २० दिनदेखि ताला

विद्यालयमा २० दिनदेखि ताला

Font size: Decrease font Enlarge font

सप्तरी/ शिक्षक नियुक्तिमा विवाद हुँदा सप्तरी पत्थरगाडास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा २० दिनदेखि ताला लागेको छ । तीन सातादेखि विद्यालयको पठनपाठन बन्द हुँदा पनि सम्बन्धित निकायले ताला खुलाउने पहल गरेको छैन ।

विद्यालयमा तालाबन्दी भएपछि विद्यालयका प्रधानाध्यापक शिवनारायण मेहता आफ्नै पसलमा औषधि बेच्न व्यस्त छन् । 'विद्यालयको तालाबन्दीबारे हालसम्म शिक्षा कार्यालयमा जानकारी गराएका छैनौँ, व्यवस्थापन समितिका अध्यक्षले जानकारी गराउँछन् भन्ने आशमा थियौँ,' प्रअ मेहताले नयाँ पत्रिकासँग भने, 'हामी शिक्षकले तालाबन्दी गरिएको दिनदेखि नै छुट्टै रजिस्टरमा हाजिरी गर्दै आएका छौँ ।'

प्रअ मेहताले व्यवस्थापन समिति गठन र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै स्थानीय दलका प्रतिनिधि र स्थानीयवासीको सक्रियतामा गत २३ मंसिरदेखि सो विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको थियो । तर, प्रअ मेहताले भने सो आरोप सत्य नभएको बताएका छन् । उनले स्थानीयवासी एवं गाउँकै अर्को विद्यालयका प्रअ प्रभुनारायण यादवको सल्लाहअनुसार विद्यालयमा तालाबन्दी गरिएको आरोप लगाएका छन् ।

२० दिनदेखि विद्यालय बन्द भए पनि विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रअ र तालाबन्दी गर्ने पक्षको तर्फबाट विद्यालय खुलाउन कुनै पहल नगरिएको स्थानीय अभिभावकको गुनासो छ ।

'विद्यालयमा तालाबन्दी गरी सबै आ-आफ्नो काममा व्यस्त छन्,' स्थानीय युवा एवं अभिभावक राजेश मेहताले भने, 'विद्यालयको पठनपाठन सुचारु गराउनेतर्फ कसैको ध्यान गएको छैन, तालाबन्दी गर्नेहरू पनि विद्यालयमा ताला ठोकेर आफ्नै काममा व्यस्त छन, विद्यालयमा अध्यनरत बालबालिकाको भविष्यबारे कसले सोच्ने ?'

कक्षा एकदेखि पाँचसम्म रहेको सो विद्यालयमा एक सय ५१ जना बालबालिका अध्ययनरत छन् । जसमध्ये ७५ जना दलित समुदायका बालबालिका अध्ययनरत रहेको अभिभावक मेहताले बताए ।

व्यवस्थापन समितिका अध्यक्ष भने सोमबार नै आफ्नो व्यक्तिगत कामले भारतको लौकही गएका छन् । समितिका महिला सदस्य ६५ वषर्ीया अमेरिकादेवी यादवले स्थानीय केही व्यक्तिले आफ्नो निहित स्वार्थका लागि विद्यालयमा तालाबन्दी गरेको बताइन् ।

 

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?