Newsletter
Email:
Home | देश | यौनकर्मी महिला कस्ता-कस्ता ?

यौनकर्मी महिला कस्ता-कस्ता ?

Font size: Decrease font Enlarge font
image

यौनकर्मी महिलाले विभिन्नखाले यौनहिंसाको सिकार हुनुपरेको अध्ययन प्रतिवेदनले दाबी गरेको छ । उनीहरूले जबर्जस्ती यौनसम्पर्क गर्नुपरेको समेत बताए ।

नयाँ पत्रिका

काठमाडौं, १७ पुस

यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गएको पछिल्लो एक अध्ययनले देखाएको छ । फेमेली हेल्थ इन्टरनेसनलले २००९ मा तराईका २२ जिल्लाका ६ सय यौनव्यवसायी महिलामा गरेको अनुसन्धानले २६ प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो ।

अनुसन्धान राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका यौनकर्मी महिलामा गरिएको थियो ।

यौनव्यवसायमा संलग्नमध्ये २८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो अध्ययनले दाबी गरेको छ । ५५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको बताए । त्यस्तै, ६६ प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले देखाएको छ । 'परिवारका सदस्य यौनव्यवसायी महिलाको आम्दानीमा निर्भर छन्,' अनुसन्धान प्रतिवेदनमा भनिएको छ । त्यस्तै, ५७ प्रतिशतभन्दा बढी यौनव्यवसायीको परिवारमा दुईदेखि तीनजना सदस्य छन् ।

यौनव्यवसायमा संलग्न महिलाको शैक्षिकस्तर निकै कम भएको अनुसन्धानले देखाएको छ । उनीहरूमध्ये करिब ५२ प्रतिशत निरक्षर छन् । निरक्षर यौनव्यवसायी महिलाले शिक्षाका लागि जीवनमा एकपटक पनि विद्यालय नटेकेको अनुसन्धानले देखाएको छ । ६ प्रतिशतले मात्र एसएलसी र त्योभन्दा बढी अध्ययन गरेका छन् । करिब ५७ प्रतिशत यौनकर्मी विवाहित छन् । १७ प्रतिशत यौनकर्मी महिला कि त डिभोर्स गरेका छन् या त लोग्ने छाडेर बसेका छन् ।

त्यस्तै, ६ प्रतिशतभन्दा बढी विधवा पनि यौनव्यवसायमा रहेको अनुसन्धानले देखाएको छ । करिब ५९ प्रतिशत यौनकर्मीको परिवारमा आश्रति पनि छन् । करिब ५८ प्रतिशत विवाहित छन् । २४ प्रतिशत विवाह नगरेका यौनव्यवसायमा छन् । विवाहितमध्ये पनि करिब २९ प्रतिशतले उनीहरूको श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका थिए ।

सर्वेक्षणमा सहभागी यौनकर्मी महिलामध्ये ८० प्रतिशतसँग सर्वेक्षणकर्ताले प्रत्यक्ष भेटेका थिए । अन्यसँग यौनकर्मी महिला, विभिन्न संगठनका प्रतिनिधि र रेडक्रसका प्रतिनिधिमार्फत भेट गरिएको थियो । त्यस्तै, अनुसन्धानमा सहभागी ६ सयमध्ये दुई दशमलव तीन प्रतिशतमा एचआइभी एड्सको पनि संक्रमण पाइएको छ । करिब ५८ प्रतिशत यौनकर्मी महिलाका ग्राहक यातायात मजदुर छन् ।

करिब ७० प्रतिशत यौनकर्मी महिलाले यौनकार्यमा सरिक हुँदा कन्डम प्रयोग गर्ने गरेका छन् । ५८ प्रतिशतभन्दा बढी यौनकर्मीले कन्डम निःशुल्क पाउने गरेका छन् । उनीहरूले कन्डम पाउने स्रोत एनजिओ तथा स्वास्थ्यका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी छन् । उनीहरूले प्रायः स्वास्थ्य मन्त्रालयले बाँड्ने ढाल र नम्बर वान कन्डम प्रयोग गर्ने गरेको भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागीमध्ये ६७ प्रतिशतभन्दा बढीले उनीहरूको व्यवसाय सञ्चालित क्षेत्रबाट पाँच मिनेटमै कन्डम प्राप्त गर्न सक्ने बताए । परिवार नियोजनको साधनको प्रयोगबारे सोधिएको प्रश्नमा अधिकांशले कन्डम र सुईमार्फत प्रयोग गरिने परिवार नियोजनका अस्थायी साधनबारे बताएका थिए ।

त्यस्तै, ५० प्रतिशत यौनकर्मी महिलाले लगाउने कन्डमको बारेमा सुनेका छन् । विवाहित यौनकर्मी महिलामध्ये करिब ८१ प्रतिशतले गर्भधारणबाट जोगिन परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।

अधिकांश यौनकर्मी महिलाले एचआइभी/एड्स रोगबारे सुनेको बताए । ९२ प्रतिशतले रेडियोबाट एचआइभी/एड्सबारे जानकारी पाएको बताएका थिए । त्यस्तै, सर्वेक्षणकै क्रममा पनि करिब तीन प्रतिशत यौनकर्मी महिलाले आफूलाई विभिन्न यौनसमस्या रहेको बताएका थिए ।

३१ प्र्रतिशतले नौदेखि १४ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गरेको बताएका थिए । १५ देखि १९ वर्षभित्र पहिलो यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ । त्यस्तै, झन्डै ३२ प्रतिशत यौनव्यवसायीको विवाह ६ देखि १४ वर्ष उमेरमा भएको छ । १५ देखि १९ वर्षमा विवाह गरेका यौनव्यवसायी करिब ६० प्रतिशत छन् ।

२० प्रतिशतभन्दा बढी यौनव्यवसायीका दैनिक ग्राहक ३/४ जना हुने गरेका छन् ।

यौनव्यवसायीका ग्राहक मुख्य ६ प्रकारका रहेको अध्ययनले देखाएको छ । तिनमा यातायात मजदुर, व्यवसायी, सेवा क्षेत्रमा कार्यरत, प्रहरी, औद्योगिक मजदुर र सेना छन् । यौनव्यवसायी महिलाका मुख्य ग्राहकका रूपमा रहेका यातायात मजदुरको संख्या ५७ प्रतिशत छ । अन्तिमपटक कुन पेसामा आबद्धसँग यौनसम्पर्क गर्नुभयो भन्ने प्रश्नमा धेरैको जवाफ 'यातायात मजदुर' भन्ने थियो ।

त्यस्तै, यौनकर्मी महिलाले विभिन्नखाले यौनहिंसाको सिकार हुनुपरेको अध्ययन प्रतिवेदनले दाबी गरेको छ । उनीहरूले जबर्जस्ती यौनसम्पर्क गर्नुपरेको समेत बताए । जसका कारण उनीहरू एचआइभीलगायत यौनरोगको उच्च जोखिममा पर्ने गरेका छन् । सर्वेक्षण गरिएका पश्चिम तराईका ६ जिल्लाका दुई सय यौनव्यवसायीमध्ये ३३ प्रतिशतभन्दा बढीले बाध्यात्मक रूपमा यौनसम्पर्क गर्नुपरेको बताएका छन् । त्यस्तै, पूर्वी तराईका १६ जिल्लाका चार सय यौनव्यवसायीमध्ये १९ प्रतिशतभन्दा बढीले विगतमा ग्राहकले यौनसम्पर्कका लागि बाध्य पारेको बताएका छन् । २६ प्रतिशत यौनव्यवसायीले ग्राहकले भनेअनुसार गर्न नसक्दा पारिश्रमिकसमेत नपाउने गरेको गुनासो गरेका छन् ।

यौनव्यवसायमा युवतीको सहभागिता बढ्दो रहेकाले एचआइभी/एड्स नियन्त्रणका कार्यक्रम उनीहरूप्रति लक्षित गरिनुपर्ने अनुसन्धानको निष्कर्ष छ । यौनव्यवसायीलाई कन्डमको सहज पहुँच पुर्‍याउन एनजिओमार्फत कन्डम वितरण कार्यक्रमलाई अझ विस्तार गरिनुपर्ने, विद्यालयस्तरमै यौनशिक्षा दिन सके जनचेतना जगाउन सकिने अध्ययनको निष्कर्ष छ ।

सर्वेक्षण दुई चरणमा गरिएको थियो । पहिलो चरणमा कपिलवस्तुदेखि कञ्चनपुरसम्मका दुई सय यौनकर्मी महिलामा र दोस्रो चरणमा कपिलवस्तुपूर्व झापासम्म सर्वेक्षण गरिएको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

स्केचः अकृन

Subscribe to comments feed Comments (12 posted):

jeeven rai on 03/01/2010 10:37:48
avatar
nepalma aba hami sabai milera rahanako lagi ani desh aru desh jastai banaunako lagi yo urgent hune bhayo,limbu.rai,magar,gurung,ghale,sherpa,tamang,ek party ani aru sabai ek parti bhayera thulo ra mojale maramari garera ladai suru garema parchha tyas pachadi matra nepalko all probles solve hune chha natra yastai jindagi bhar rahirahane chha ra aba yo kamtira chado lage hunchha plz plz plz. we have to proseed soon ok thanks.
Thumbs Up Thumbs Down
-2
tarjn on 03/01/2010 09:28:08
avatar
yati ramro samachar sunna pauda khusi lagyo surachhako lagi kandam lagauni parne .
Thumbs Up Thumbs Down
-1
Udhisthir on 03/01/2010 06:07:54
avatar
Nepal ma aru kam bata kaha paisa kamai hun6a ra yo kam ma tann paisa pani aaune ani .....Yastai yastai news haru prakasit gardai garnu. thanks nayapatrika.
Thumbs Up Thumbs Down
-1
jhapali. on 03/01/2010 03:19:29
avatar
sarbekchan garera news aye jastai tyasko samadhan pani garne samacha ayeko bhaye ramro hune thiyo.
Thumbs Up Thumbs Down
0
chandra bahadur pun magar on 02/01/2010 17:52:53
avatar
nepal ma ke garnu 6 ra yonkarmi bahek aru kehi chhain yo pesa ma ta paisa kamai ramro hunchha
Thumbs Up Thumbs Down
-1
mohan mandale on 02/01/2010 12:32:35
avatar
very bad news.we do not have to praise this work.sex education means it should be included sexualti and sex diasease but it also include the laws and about sexualy crime and how to defend the crime and unwanted birth of child situation child almony ofchild of the pregnator But this things are not in discussion in Nepal but it is exagaretting the sexuality.It only makes the things worst.s
Thumbs Up Thumbs Down
0
om nath bhattarai on 02/01/2010 10:37:17
avatar
jana chatana garnu yak dam ranmro kura ho
yastai garnu parchha
Thumbs Up Thumbs Down
0
uma rai on 02/01/2010 10:19:31
avatar
nepal ma ko hun ta jana jati ra adi basi ? adi basi bhane ra kaslai bhane ra bhaninchha ? ra ahile pani nepal ko mongol ka santan haru le nabujhe ko thaah nai chha ra ( adi basi bhane ko adit kal bata baso bas gardai aye ka jati lai adi basi bhaninchha ) ra ko ko hun ta adi basi bhannu parda bahun ra chhetri matra adi basi bhane ra bhaninchha | arko kura nepal ma jana jati maha sanhg ko leader sabai nai bahun ra chhetri nai bhaye ko bujhiye ko chha || aakhir ma jahile pani bahun ra chhetro kai table tana tan hunchha bhane akhir kina mul baasi le Awaj na uthaye ka hun ta ??
Thumbs Up Thumbs Down
0
B.B.RAI on 02/01/2010 10:08:22
avatar
k garnu sabai nepali ma ramro khane r ramro laune khane matra rahar bhayo aru ko naramro nakkal matra garnu sike kam garna kasailai mann lagdai ani desh bikash rojgar ko bato banauna kasaile janenan sajilo kasari paisa kamaune matra sochna thale malai ta lag6 yo sab yasaiko upag ho hami sabai miler rojgar ko bato khojau kasaile aafno sarir becher khanu pardai hun sak6a bhane cheli ho yo kam nagar ani garna pani nadeu kasailai 1bar ko jindagi kin narakiy jivan jiu6au. baki aafai janus hai ta...........
Thumbs Up Thumbs Down
-1
kali, on 02/01/2010 09:04:42
avatar
yesta news bahira lyaunu par6 thanks,nayapatrika lai
Thumbs Up Thumbs Down
0
sarala,esrayal on 02/01/2010 09:00:42
avatar
nepal ko rajniti ko khaskado karanle dainik jyala buta garera khane ra garabi mahila lai roggarko bebasta sarkar pachhya bata nahunale garda dherai nai nepal ma youn bebsaya garna pugeka 6an,aba eniharulai ligal adda kholna dida best hola natra jhupra jhupripa beiejat garauna dinu bhanda red lite ko satta biswma new record rakhna lai blue light pradise area rakhda ramro,younkarmi mahila ho jagnos.
Thumbs Up Thumbs Down
2
raju on 02/01/2010 07:16:40
avatar
sabai lai test garna man laga6 ni ta fari paya pachhi tai ta ho
Thumbs Up Thumbs Down
-1
total: 12 | displaying: 1 - 12

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?