Newsletter
Email:
Home | देश | 'साताभित्र सातौँपटक संविधान संशोधन’

'साताभित्र सातौँपटक संविधान संशोधन’

Font size: Decrease font Enlarge font
image

 

 

 काठमाडौं/ साताभित्र सातौँपटक संविधान संशोधन गर्नेसम्बन्धी सदनमा प्रस्तुत विधेयक पारित गराउन सत्तारुढ दस दल सहमत भएका छन् । उनीहरूले त्यसका लागि अन्य दलसँग पनि छलफल गरी सहमति जुटाउने भएका छन् ।

प्रधानमन्त्री माधवकुमार नेपालले शनिबार डाकेको १० दलको बैठकले अन्य दलको समेत सहमति जुटाई साताभित्र विधेयक पारित गराउने निर्णय लिएको हो । उपराष्ट्रपति परमानन्द झाको पद क्रियाशील गराउन मातृभाषामा पनि शपथ गर्न सकिने प्रावधानसहितको विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री नेपालले राजनीतिक दलहरूबीच छलफल थालेका हुन् । उपराष्ट्रपति झाले हिन्दीमा गरेको शपथग्रहणलाई सर्वाच्च अदालतले मान्यता नदिएपछि उनको पद निष्त्रि

 थियो ।


विधेयकबारे प्रतिपक्षी माओवादी र मधेसी जनअधिकार फोरमले असहमति जनाएपछि शनिबार बसेको १० दलको बैठकले सहमतिका लागि अन्य दलसँग छलफल गर्ने निर्णय लिएको हो । 'संविधानको सातौँ संशोधन विधेयकमा सहमति जुटाउन अन्य दलसँग पनि छलफल अघि बढाउने निर्णय भएको छ,' एमाले मुख्य सचेतक भीम आचार्यले भने । उनले दलहरूबीच सहमति गरी साताभित्रै विधेयक पारित गरिने दाबीसमेत गरे । बैठकले अन्य दलसँग छलफलको पहल गर्ने जिम्मेवारी प्रधानमन्त्री नेपाललाई दिएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?