'बम बनाउन सिपालु छन् प्रचण्ड'
प्रचण्डले बम बनाउन छिट्टै सिक्नुभयो, उहाँ बम बनाउन कुशल नै हुनुहुन्छः साह
नयाँ पत्रिका काठमाडौं, १९ पुस फागुन ०५२ मा सुरु भएको जनयुद्धको नेतृत्व गरेका माओवादी सुपि्रमो प्रचण्डले जनयुद्धको नेतृत्वमात्र गरेका थिएनन् उनले बम बनाउन पनि सिकेका थिए । प्रचण्डले बम बनाउन भने जनयुद्ध सुरु हुनुभन्दा सात वर्षअघि ०४५ सालमै सिकेका थिए । माओवादी अध्यक्ष प्रचण्डलाई उनीभन्दा झन्डै एक दशक कान्छा कमलदेव साहले 'टाइम बम' बनाउन सिकाएका थिए । धनुषा सविला गाविसका ४५ वषर्ीय साहले प्रचण्डसहित माओवादी महासचिव रामबहादुर थापा 'बादल', सचिव सिपी गजुरेललगायतका ११ जना नेतालाई बम बनाउन सिकाएका थिए । भरुवा बन्दुकबाट सशस्त्र जनयुद्धको सुरुवात गरेको एकीकृत नेकपा माओवादीसँग शान्तिसम्झौता हुने वेलासम्म हजाराँै बन्दुक र बम थिए । तर, जनयुद्धको नेतृत्व गरेका प्रचण्डलाई 'टाइम बम' बनाउन सिकाउने पात्रले भने दुई दशकपछि मात्र टाइम बम बनाउन सिकाएको रहस्य खोलेका छन् । प्रचण्डलाई टाइम बम बनाउन सिकाउने गुरु कमलदेव भन्छन्, 'प्रचण्ड टाइम बम बनाउन कुशल छन् ।' कहिले अचानक भावुक बन्ने त कहिले आक्रामक हुने प्रचण्डले निकै रुचि राखेर आफ्नै घर चितवन शिवनगरमा बम बनाउन सिकेका थिए । प्रचण्डका गुरु साह भन्छन्, 'प्रचण्डजीले बम बनाउन ध्यान दिएर सिक्नुभएको थियो ।' 'प्रचण्डले बम बनाउन छिट्टै सिक्नुभयो । उहाँ बम बनाउन कुशल नै हुनुहुन्छ । अरू प्राविधिक कुरा सिक्न पनि उहाँ रुचि राख्नुहुन्थ्यो,' साह भन्छन्, 'त्यतिवेला पार्टीलाई पनि आवश्यक थियो । सशस्त्र क्रान्ति नगरीकन नेपालमा गणतन्त्र आउँदैन भन्ने थियो । त्यस्तो भएपछि बम बनाउन त सिक्नै पर्यो ।' ०४२ मा रामराजाप्रसाद सिंहले गरेका बम काण्डमा समेत सहभागी भएका साह माओवादीका नेता रामवृक्ष यादव -जनयुद्धपूर्व नै राज्यद्वारा मारिएका थिए) मार्फत प्रचण्डको सम्पर्कमा आएका थिए । साहले ०४२ मा धनगढीमा सेनाको ब्यारेकअगाडि टाइम बम पड्काएका थिए । 'म धनगढीमा टाइम बम पड्काएर पटना गएँ, त्यहाँबाट आएर रामवृक्ष यादवसँग कुराकानी गरेँ । उहाँले प्रचण्डसँग भेट गराउनुभयो,' साह सुरुमा प्रचण्डले आफूलाई विश्वास नगरेको सुनाउँछन्, 'मैले बम बनाउन सिकेको छु भन्दा उहाँले पत्याउनु भएन,' साहले भने । 'भारतको सिमतलामा गएर बम बनाउन सिकेको थिएँ, मैले यो कुरा प्रचण्डलाई भनेँ, उहाँ त पत्याउनुहुन्न, मसँग विवाद पो गर्नुहुन्छ, पछि बम बनाउने प्राविधिक कुरा भनेँ, सीप सिकाएँ अनि बम बनाएर देखाएँ, त्यसपछि मात्रै उहाँले विश्वास गर्नुभयो,' साहले भने । प्रचण्डलाई बम बनाउन सिकाउने यिनै गुरुसँग प्रचण्डको भेट भने १८ वर्षपछि आइतबारमात्रै भयो । प्रचण्डलाई बम बनाउन सिकाएका साह ०४७ सालपछि एमाले कार्यकर्ता भएका थिए । 'एमाले भएपछि माओवादी कार्यकर्ता रिसाएछन्, ६ महिना सँगै बसेर बम बनाउन सिकाएका प्रचण्डलाई भेट गर्न माओवादी कार्यकर्ताले रोके, शान्तिप्रक्रियापछि आज बल्ल भेट भयो,' साहले भने । 'प्रचण्डले खोज्नुभएको रहेछ कतिपय साथीले मलाई मरिसक्योसमेत भनिदिएछन्,' उनले दुखेसो पोखे । रामराजाप्रसाद सिंहको आत्मवृत्तान्तको विमोचन कार्यक्रममा आइतबार प्रचण्डले बम बनाउन सिकाउने गुरुका बारेमा पहिलोपटक बोलेका थिए । प्रचण्डले 'मलाई बम बनाउन सिकाउने गुरु साह हुनुहुन्छ,' भनेर बताएपछि कार्यक्रमका सहभागीको ध्यान साहतिर मोडिएको थियो ।



del.icio.us
Digg
Baru haileko bhandha ta Raja ko pala ma Ramro thiyo. Aba prachanda jasta le chochnu parcha ki aba pani bhandha hartal garema hami yak din Raja Aau desh Bachau Bhane chayau tara timi jasta Bam bata janata marne lai bolaune chainau.
jasaree pani eakchoti saphal bhai sake pachhi "BALEKO AAGO TAPDAI JATABATA BATAS CHALCHHA UTAI PHARKARA KURA GARNE haru wa SAMAYASAPEKKSHIT AAFNA DOS LAI LUKAUNA MATRI BHAYA PANI SAMARTHAN BHAD LAI TEWA DEENE HARU KO KAMEE CHHINA HAMRO NEPAL MA" tapai le bam banauna seekayara sayad ......................
Post your comment