Newsletter
Email:
Home | सम्पादकीय | बीभत्स पशुबलि

बीभत्स पशुबलि

Font size: Decrease font Enlarge font
image

यत्रतत्र लम्पसार परेका देखिन्छन् टाउको काटिएका राँगाहरू । पूरै युद्धक्षेत्रझँै रगताम्य देखिएको छ, बाराको गढीमाई मन्दिर आसपासको क्षेत्र । अठार हजारभन्दा बढी राँगा ढाल्दै सुरु भएको छ पाँचवर्षे गढीमाईको मेला । यस्तो पशुबलिको सिलसिला लाखौँको संख्यामा हाँस, कुखुरा र बोकाको बलिसम्म जारी रहनेछ मेलारूपी बधशालामा । हिंसाको यो बीभत्स खबर संसारभरिका हजारभन्दा बढी मिडियाले प्रमुखतका साथ प्रचार-प्रसार गरेका छन् । यसले नेपालको हिंस्रक तस्बिर विश्वसामु प्रस्तुत गरेको छ । पशुबलिको संख्या ठूलो हुनुको पछाडि धर्मको आड रहेको पाइन्छ । पशुबलिका लागि हतारिएका धर्मभीरुहरूलाई आफ्ना मनोकामना पूरा हुने आशाले पनि बल प्रदान गरेको देखिन्छ । विशेषतः हिन्दुधर्म र धर्मको नाममा गरिने हिंसाचारी संस्कृतिले बलिप्रथालाई धेरै नै टेवा दिएको छ । यस अर्थमा गढीमाई मेलामा जारी लाखौँको बलिको पृष्ठभूमिमा धर्म, संस्कृति र मानवीय आकांक्षा जोडिएको छ । निःसन्देह व्यक्तिका सांस्कृतिक तथा धार्मिक आस्थाको सम्मान हुनैपर्छ । तर, धार्मिक आस्थाका नाममा हुने हिंसा कहीँ-कतै स्वागतयोग्य हुन सक्दैन । मनोकामना सिद्धि गर्ने नाममा गढीमाईमा भएको पशु-हत्या पनि विवादरहित हुन सकेन ।
हप्ता दिनमा लाखौँको संख्यामा पशुबलि दिइनु कदापि गर्वको विषय हुन सक्दैन । गढीमाईको मेलामा दिइएको लाखौँको पशुबलि संसारकै ठूलो बलिप्रथा पनि हुनसक्छ, तर त्यो आफँै गर्व गर्नलायकको सुप्रथा भने होइन । सांस्कृतिक-धार्मिकप्रथाको नाममा गरिने ठूलो संख्यामा बलिप्रथाले वास्तवमा हिंसाचारको नमुना र बीभत्सताको कुरूप तस्बिर मात्रै प्रस्तुत गरेको छ । यस अर्थमा यस्तो बलिप्रथा र हिंसाचार विरोधयोग्य देखिन्छ, त्याग्नयोग्य देखिन्छ । हुन त धर्मका नाममा हुने बलिप्रथा रोक्न माग नभएको होइन, विरोध नभएको पनि होइन । यसरी बलि रोक्न माग गर्नेमा भारतीय लोकसभाकी सदस्य तथा वातावरणवादी कार्यकर्ता मेनका गान्धीदेखि नेपालका नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडीसम्म देखिएका थिए । त्यस्तै, कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठदेखि तपस्या गरेर चर्चामा आएका रामबहादुर बमजनले समेत बलिप्रथाको विरोध गरेका थिए । बमजनले बलिप्रथा रोक्न बधशालाको मुख्यढोकैमा पुगेर विरोध दर्ज गर्ने र बलिप्रथा रोक्ने प्रचार पनि गरिएको थियो, जुन उनको अज्ञातवाससँगै हल्लामै सीमित भएको छ । बेठीक कुप्रथाको विरोधमा उठेका आवाज सही भए पनि विरोधको तरिका सही भएन भने विरोधको औचित्यमाथि नै प्र्रश्न उठ्न सक्छ । यस तथ्यतर्फ बलिप्रथाका विरोधीहरू सचेत हुनु जरुरी छ ।
मानव सभ्यताको विकासको क्रममा मानिसले अँगालेका यस्ता बलिप्रथा आज-भोलि पनि उत्तिकै महत्त्वका साथ धान्दै आएका छन् । आजभन्दा २५ सय वर्षअगाडि नै पशुहरू कृषि उत्पादनका लागि अत्यावश्यक भएकाले नेपाललगायत सिंगो दक्षण्िा एसियामा पशुबलिविरुद्ध अभियान नै छेडिएको थियो । धर्म र संस्कृतिको नाममा व्याप्त पशुबलिविरुद्ध नेपालबाटै अहिंसा र शान्तिको सन्देशसहित बौद्ध अभियान चलेको तथ्य यहाँ स्मरणीय छ । अहिंसा र शान्तिको सन्देश दिने नेपालमै आजसम्म पनि लाखौँको संख्यामा अत्यन्त बीभत्स ढंगले पशुमाथि हिंसाचार जारी राखिनु पक्कै पनि लाज र शर्मको विषय हो । त्यसैले कुनै पनि धर्मको नाममा जारी बीभत्स पशुबलिविरुद्ध आवाज उठाउन, अनि अहिंसा र शान्तिको सन्देश छर्न आवश्यक छ ।

Subscribe to comments feed Comments (10 posted):

deepak koirala on 26/11/2009 04:03:53
avatar
जनावारको बीभत्सा हत्या गरेर बिबेक पूर्ण मानिस हैन, रक्छेस आचरण प्रस्तुत गरे ! मेरो नाम दीपक हो
Thumbs Up Thumbs Down
0
aparichit on 26/11/2009 03:56:43
avatar
धर्म अङाल्ने भन्दैमा धर्मका हरेक कुरा हरुलाई अङाल्नु हुँदैन । हिन्दू धर्मका अनेक कुरिती मध्य यो पनि एक कुरिती हो । बलि दिएर ,जातिय भेदभाव गरेर पुन्य कमाउन खोज्ने हिन्दू हरुनै वास्तवमा सबै भन्दा ठुला पापी हरु हुन ।
Thumbs Up Thumbs Down
0
aparichit on 26/11/2009 03:54:55
avatar
धर्म अङाल्ने भन्दैमा धर्मका हरेक कुरा हरुलाई अङाल्नु हुँदैन । हिन्दू धर्मका अनेक कुरिती मध्य यो पनि एक कुरिती हो । बलि दिएर ,जातिय भेदभाव गरेर पुन्य कमाउन खोज्ने हिन्दू हरुनै वास्तवमा सबै भन्दा ठुला पापी हरु हुन ।
Thumbs Up Thumbs Down
0
Prem on 26/11/2009 03:51:45
avatar
खाने बहानामा मनिस्हरूले जनावारको बीभत्सा हत्या गरेर आफुलाई बिबेक पूर्ण मानिस हैन रक्छेसको आचरण प्रस्तुत गरेका छन !
Thumbs Up Thumbs Down
0
kamal rai on 26/11/2009 03:37:27
avatar
yo ramro hoina arkako jayan liyera aafnu kamana pura garnu thik hoina.e sabai npli haru sachikai dharmatma chhan arkako bali chadayera afno manko ichchha pura garne. khatam garnu parchha tyo bali khane god lai. aani naya dhanga ko GOD manau parchha fallfulko bali khane GOD banaunu ramro hunchha ok tapai haru yasto bali nachhadhaune nagarnuss binti chha.
Thumbs Up Thumbs Down
0
sbhola on 26/11/2009 01:42:03
avatar
धर्मको नाममा बलिप्रथा मानव असभ्यताको कुरूप तस्बिर हो. पशुबलिविरुद्ध आवाज उठाउ .
Thumbs Up Thumbs Down
0
hareram on 26/11/2009 00:56:58
avatar
yo melako ayojana garne manchhe lai pani tesari nai bali dinu parchha.
Thumbs Up Thumbs Down
0
Laxmi Nakarmi on 25/11/2009 22:49:30
avatar
nepali lai bewkoof tesai bhaneka hoinan.Niriha chaupaya ko bali diyera manchhe ko Kubuddhi bhitra ko Vakal pura hune bhaye Sabai le kina raja huna nachane?Mantri Pradhan mantri take pani hunthyo,nepali sabai ko chhora matrai janmanthe,chhori jati arkai desh ma.nepal ahile samma andhakar ma na-hunu parne.jalsrot ko dhani 18 ghanta load sheding,lazai nabhako sarkar hune thiyena.nepal amerika,Japan china bhanda bikashit garna pani vakal gara he kubudhhi va ka na ra pashu.
Devi lai chaupaya ko bali hoina timro dimag bhitra ko pashu bali chahiyeko ho.
Bharat le 80 hazzar hector simana chyapyo bali diyera firta maga na ho.
Chhya nepali ko buddhi.he daiba yi bewkoof haru lai budhhi deu.
Thumbs Up Thumbs Down
0
bijaya thapa on 25/11/2009 22:43:43
avatar
jasari pasu bali dine bhandai pasuko bibhars hatya gareka chhan nepali kukurharule nepali masine din chadai aaos yasta racheslai pani hitlsrle ahudi marejastai gari tadpai tadpai maridiun to din aaos he vagawan nepali manis hainan rachhes rahechha yasta kukur masine din pani sayad tada nahola yadi bhagawan chhan vane aaba nepali racheko bali dina parchha gadi maima thukka nepali kukur rachhes ho wastab mai rachhes vanekai yahi ho thu thu timi haru pani kuhera marnu paros nepali masiya jauna kailai uvo nalagun tadpi tadpi marnu paros rachhes harule kukurka santan haru darma navayaka rachhes haru aatma nabhayaka sansarmai ginlagda syal haru manab jati kalanka haru thu thu.....
Thumbs Up Thumbs Down
0
on 25/11/2009 18:14:13
avatar
Maobadi le 15000 Nepali ko bali gare, aba janbar ko palo. Katne kam ma ta Maobadi khappis chhan hau.
Thumbs Up Thumbs Down
0
total: 10 | displaying: 1 - 10

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?