गभर्नर सिफारिस समिति गठन
काठमाडौं/ सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद् बुधबार बसेको बैठकले गभर्नर सिफारिसका लागि अर्थमन्त्री सुरेन्द्र पाण्डेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यमा पूर्वगभर्नर गणेशबहादुर थापा र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. रुद्रप्रसाद उपाध्याय रहेका छन् । समितिले गभर्नरका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर एकसहित तीनजनाको नाम सिफारिस गर्नुपर्नेछ । समितिले सिफारिस गरेकामध्ये एकजनालाई ५ वर्षका लागि मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गर्छ । वर्तमान गभर्नर विजयनाथ भट्टराईको समयावधि १७ माघसम्म रहेको छ । सरकारले गभर्नरको पदावधि एक महिना बाँकी रहँदै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने व्यवस्था भए पनि बल्ल समिति गठन गरेको छ । अर्थमन्त्रीले समिति गठनका लागि १९ पुसमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजान खोजे पनि सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले विरोध गरेपछि प्रस्ताव जान सकेको थिएन । कांग्रेसले सत्ताको नेतृत्व गर्ने दलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पाइसकेकाले गभर्नरमा आप\mनो हकदाबी रहेको बताउँदै आएको छ । तर, एमालेले अहिले गभर्नर कंाग्रेसलाई दिन नसक्ने बताएको छ । यदि त्यसो नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गभर्नर नियुक्ति भागबन्डामा पर्न सक्ने स्रोतले बताएको छ ।



del.icio.us
Digg
Post your comment