जिएमआरलाई नेपाल छाड्न चेतावनी
सुर्खेत/ अपरकणर्ाली जलविद्युत् आयोजना निर्माण गर्ने भारतीय कम्पनी जिएमआरलाई नेपाल छाड्न एकीकृत माओवादीले चेतावनी दिएकोे छ । माओवादी भेरी-कणर्ाली सेती-महाकाली र थारुवान राज्यसमितिले आइतबार सुुर्खेतमा पत्रकार सम्मेलन आयोजना गरी सो चेतावनी दिएको हो । माओवादीले आयोजना नेपाल र नेपालीको पक्षमा नभएको भन्दै काम गर्न नदिने बताएको छ । राष्ट्रिय जागरण अभियानअन्तर्गत अछाम र दैलेख सीमाको टुनीबगरमा आयोजित कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य तथा भेरी कणर्ाली इन्चार्ज खड्कबहादुर विश्वकर्मा तथा थारुवान इन्चार्ज हरीभक्त कँडेल र सेती-महाकाली इन्चार्ज धर्मेन्द्र बाँस्तोलाले कुनै पनि हालतमा आयोजनालाई काम गर्न नदिइने बताए ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
India lai birodh hoina support gardai hunuhuncha ta. Hal 30 mw aayat gardai cha tyo nabane 200 mw ayat garnu parcha. Ani ta India bhakti bhayana, katai yo sabai India dyara sanchalit ta chaina ? Ha Nepali dajubhai
Post your comment