Newsletter
Email:
Home | अर्थ | बैंकहरूले लगे साढे ९ अर्ब

बैंकहरूले लगे साढे ९ अर्ब

Font size: Decrease font Enlarge font

नयाँ पत्रिका
काठमाडौं, १३ माघ
पैसा (तरलता) समस्या खेपिरहेको बैंक तथा वित्तीय संस्थाले बुधबार राष्ट्र बैंकबाट सरकारी ऋणपत्र धितोमा राखेर थप साढे २ अर्ब रुपैयाँ लगेका छन् । राष्ट्र बैंकले बुधबारै ७ अर्ब रुपैयाँको परिपक्व भएको 'रिपो'लाई पनि फिर्ता नगरी फेरि बोलकबोलमार्फत बजारमै छोडेको छ । बुधबार मात्रै बजारमा साढे ९ अर्बको तरलता प्रवाह गरिएको छ भने योसँगै चालू आर्थिक वर्षमा राष्ट्र बैंकले छोडेको तरलता साढे १९ अर्ब रुपैयाँ पुगेको छ ।

तरलताका लागि बैंक तथा वित्तीय संस्थाले १९ अर्ब माग गरेका थिए । त्यसमध्ये पुरानो र नयाँ गरी केन्द्रीय बैंकले आधा माग पूरा गरेको छ । बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेको ट्रेजरी बिल्स (सरकारी ऋणपत्र) धितो राखी राष्ट्र बैंकबाट अल्पकालीन ऋण -रिपो) लिएका हुन् । रिपोका औसत ब्याजदर ९ दशमलब ७० प्रतिशत कायम भएको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

बुधबार २५ बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा पैसा माग गरेका थिए । उनीहरूले न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १२ प्रतिशत ब्याज तिर्नेगरी पैसा मागेको स्रोतले बतायो । त्यसमध्ये २१ बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट रिपो लिएका छन् । तरलता समस्याका कारण पछिल्लो समय बैंकहरूले आपसमा लेन-देन गर्ने अन्तर बैंक ब्याजदर बुधबार १५ प्रतिशतसम्म पुगेको थियो । बुधबारको रिपो कारोबारले तरलता अभाव सहजतातर्फ उन्मूख भएको केन्द्रीय बैंकको राष्ट्र ऋण विभागका निर्देशक शंकर आचार्यले बताए ।

'बजार विस्तारै सहजतातर्फ उन्मूख भएको संकेत देखिएको छ,' उनले भने, 'रिपोको ३ प्रतिशत बढी ब्याजदर एसएलएफ-स्थायी तरलता सुविधा)मा कायम हुन्छ र एसएलएफको भन्दा कम दरमा बैंकहरूले सापटी लेन-देन गर्छन् । यस आधारमा अब अन्तरबैंक कारोबार नै ११-१२ प्रतिशत हाराहारीमा झर्ने देखिएको छ ।' रिपोको ब्याजदर पछिल्लो कारोबारभन्दा बुधबार वृद्धि भएको हो । पछिल्लोपटक रिपोको औसत ब्याजदर ९ दशमलब ०७ प्रतिशत कायम भएको थियो ।

राष्ट्र बैंकले तरलता सहजतातर्फ उन्मूख भएको बताए पनि वाणिज्य बैंक अधिकारीहरू त्यो मान्न तयार छैनन् । 'तरलता समस्या अझै पनि कायम छ,' नेपाल बैंकर एसोसिएनका अध्यक्ष्ा सशिन जोशीले भने, 'बुधबार बैंकहरूले १९ अर्ब माग्दा त्यसको आधा मात्र पाए कम्तीमा पनि १२ अर्ब दिएको भए केही सहज हुने थियो ।'

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?