Newsletter
Email:
Home | अर्थ | लर्ड बुद्धको नगद लाभांश

लर्ड बुद्धको नगद लाभांश

Font size: Decrease font Enlarge font

 

काठमाडौं/ लर्ड बुद्ध फाइनान्सले आगामी साधारणसभाबाट पारित भए आव ०६६/६७ का लागि आर्थिक वर्ष असार मसान्तसम्म पुँजीकृत ११ लाख २५ हजार कित्ता सेयर किताब बन्द गर्ने भएको छ ।

कम्पनीले सेयर दर्ता किताब बन्द गर्ने समयमा कायम रहेका सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर तथा सेयर लाभांश करको प्रयोजनका लागि नगद लाभांश शून्य दशमल ८ प्रतिशत वितरण गर्ने सञ्चालक समितिमा निर्णय भएको जनाएको छ ।

 

इम्पेरियलको नाफा सवा तीन करोड

काठमाडौं/ इम्पेरियल फाइनान्सले आर्थिक वर्ष ०६६/६७ को असार मसान्तसम्म ३ करोड २५ लाख रुपैयाँ मुनाफा गरेको छ । सो अवधिमा कम्पनीले ६७ करोड ४७ लाख निक्षेप संकलन तथा ५६ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।

 

युनाइटेड फाइनान्स पुरस्कृत

काठमाडौं/ नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान) ले युनाइटेड फाइनान्सलाई लगातार दोस्रो वर्ष पनि बेस्ट पि्रजेन्टेड अवार्डबाट सम्मानित गरेको छ ।

आइक्यानले विकास बैंक तथा फाइनान्स कम्पनी समूहमा गतवर्ष बिपिए २००८ मा फस्र्ट रनरअप तथा यो वर्ष २००९ मा सेकेन्ड रनरअपबाट कम्पनीलाई सम्मानित गरेको हो । फाइनान्सले सफल व्यवस्थापन, पारदर्शी कार्यशैलीका कारण लगातार २ वर्ष आइक्यानबाट विकास बैंक तथा फाइनान्स समूहमा उत्कृष्ट अवार्ड पाउन सफल भएको जनाएको छ ।

 

राइजिङ नाफामा

काठमाडौं/ राइजिङ डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ०६६/६७ मा २ करोड २४ लाख रुपैयाँ मुनाफा गरेको छ । सो नाफा अघिल्लो आवको तुलानामा ७६२ प्रतिशत बढी रहेको बैंकले जनाएको छ ।

बैंकले गत आवमा ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन गत आवको तुलनामा क्रमशः १२८ तथा ९५ प्रतिशत बढी हो ।

चितवन, नारायणगढमा कर्पोरेट कार्यालय रहेको बैंकले चितवन तथा नवलपरासीका विभिन्न स्थानमा ७ शाखा खोली बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले साउनभित्रै पुँजी वृद्धि गरी चुक्ता पुँजी १४ करोड पुर्‍याएको छ भने सर्वसाधारणका निम्ति छुट्याइएको ६ करोडबराबरको सेयर निष्कासन तयारी भइरहेको प्रमुख कार्यकारी अधिकृत भानु कँडेलले बताए ।

बजारमा फारलिनका नया सामान

काठमाडौं/ ताइवानमा निर्मित फारलिन ब्रान्ड बेबी प्रोडक्टको आधिकारिक बिक्रेता खाटु इन्टरनेसनल प्रालिले नयाँ उत्पादन नेपाली बजारमा बिक्री सुरु गरेको छ ।

बजारमा आएका बालउपयोगी सामानमा बबल ह्यान्ड वास, बेबी क्लोदिङ सफ्नर, अक्सिजनिक इन्जायम डिटरजेन्ट र एन्टिब्याक्टेरिया प्रतिरोधी डिस्पोजेबल डाइपर रहेका छन् ।

अन्य नयाँ सामानमा बेबी वेट वाइप, एयर क्लिनर रहेको खाटु इन्टरनेसनलका निर्देशक पंकज मित्तलले बताए । 'नानी तपाईंको, सरोकार हाम्रो' नारासहित फारलिनले नेपाली बजारमा भित्र्याएका अन्य सामान लोकपि्रय भइरहेकाले नयाँ सामानले पनि बजार लिने दाबी उनको छ ।

सन् १९७२ देखि बालउपयोगी सामान उत्पादन गर्दै आएको कम्पनीले नेटवर्कमार्फत विश्व बजारमा प्रभावकारी उपस्थिति जनाउँदै आएको जनाएको छ ।

फारलिनले बेबी स्ट्रोलरदेखि आँखा नपोल्ने साबुनलगायत फिडिङ बोटल सफा गर्नेसम्मका बालउपयोगी सामान उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । खाटुले सो ब्रान्डका सबैजसो सामान नेपाली उपभोक्तामाझ उपलब्ध गराएको छ ।

ग्रान्ड पुरस्कार विजेता घोषणा

काठमाडौं/ सोनी ब्रान्डका इलेक्ट्रोनिक्स सामानको नेपालका लागि अधिकृत बिक्रेता नेपा हिमा टे्रड लिंकले शुक्रबार विश्वकप अवसरमा सञ्चालन गरेको पि|m किक अफर कार्यक्रमका ग्रान्ड पुरस्कार विजेता घोषणा गरेको छ ।

६ हजार कुपनबाट विजेता छानिएको थियो । पहिलो ग्रान्ड पुरस्कारका रूपमा सोनी ब्राभिया एलसिडी टिभी, दोस्रो होम थिएटर सिस्टम र तेस्रो सोनी अल्फा डिएसएलआर क्यामेरा राखिएको छ । शम्भु दुलाल, जीवन लिम्बू र उद्धवले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार जितेका छन् ।

सोनीले मे २१ देखि जुलाई ११ सम्म कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमअन्तर्गत सोनीका सामान किन्ने ग्राहकलाई होम थिएटर, सोनी साइबर सट क्यामेरा, नेटवर्क वाकमेनलगायतका पुरस्कार तत्कालै प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?