Newsletter
Email:
Home | अर्थ | वाषिर्क १ अर्ब १६ करोडको चिया निर्यात

वाषिर्क १ अर्ब १६ करोडको चिया निर्यात

Font size: Decrease font Enlarge font

कास्की, १४ साउन : नेपालबाट वाषिर्क १ अर्ब १६ करोड रुपैयाँबराबरको चिया विदेश निर्यात हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । पोखरामा बोर्डले आयोजना गरेको वाषिर्क समीक्षा तथा मेसिन हस्तान्तरण कार्यक्रममा त्यस्तो जानकारी दिइएको हो ।

नेपालमा वाषिर्क १ करोड ६२ लाख ८ हजार १ सय २७ केजी चिया उत्पादन हुने गरेको छ । त्यसमध्ये २ हजार ९ सय ५६ हेक्टर बगान र ४ हजार ६ सय ६४ हेक्टरमा साना किसानले चिया खेती गर्दै आएको बोर्डले जनाएको छ । नेपालमा अर्थोडक्स र सिटिसी चिया उत्पादन हुने गरेको छ । अर्थोडक्स चिया नेपालको ७ हजार ६ सय २० हेक्टरमा खेती गरिँदै आएकोमा २१ लाख केजी चिया उत्पादन हुँदै आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी नेपालको ९ हजार ८८ हेक्टरमा १ करोड ४१ लाख १८ हजार ६ सय ५० केजी चिया उत्पादन हुने कार्यक्रममा जानकारी दिइयो । नेपालमा कुल १ सय २४ चिया बगान र ४० प्रशोधन कारखाना सञ्चालनमा छन् । त्यसमा ४० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने झापालगायत अन्य पहाडी जिल्लाका करिब ८ हजार १ सय ८४ साना किसान र उनीहरूका करिब ४० हजार ९ सय २० परिवार सदस्य चिया खेतीमा आश्रति रहेको बोर्डले जानकारी दिएको छ ।

नेपालमा विशेषगरी ९० प्रतिशत अर्थोडक्स चिया जर्मन, जापान, अमेरिका, भारत, पाकिस्तान र बंगलादेशमा बढी निकासी हुने गरेको छ ।

आव ०६४/६५ मा नेपालमा ८ हजार ६ सय मेटि्रक टन चिया निर्यात भएको थियो भने आव ०६५/६६ मा बढेर ८ हजार ८ सय ८९ मेटि्रक टन पुगेको तथ्यांकमा उल्लेख छ । अर्थोडक्स चिया बिक्रीबाट नेपालले आव ०६४/६५ मा ९० करोड २१ लाख २२ हजार र आव ०६५/६६ मा १ अर्ब १६ करोड ५ लाख ९३ हजार रुपैयाँबराबरको चिया निर्यात गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराका क्षेत्रीय प्रमुख रघुपति चौधरीले जानकारी दिए ।

त्यस्तै, नेपालमा आव ०६४/६५ मा १ करोड ३१ लाख चियाजन्य पदार्थ आयात गरिएकोमा आव ०६५/६६ मा घटेर ९६ लाख २४ हजार रुपैयाँबराबरको आयात भएको चौधरीले बताए ।

नेपालमा हाल चिनियाँ, आसामी र क्याम्बोड जातका चिया खेती गरिँदै आइएको छ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार, नेपालमा १९९५ देखि कफी खेती सुरु गरिएको हो । हाल मध्यपहाडका ४० जिल्लामा कफी खेती गरिन्छ । करिब २१ हजार किसान कफी खेतीमा संलग्न छन् । आव ०६४/६५ मा २ सय ६५ टन र ०६५/६६ मा २ सय ६८ मेटि्रक टन कफी उत्पादन भएको थियो । उत्पादित कफीमध्ये ०६५/६६ मा १ सय १२ मेटि्रक टन कफी जापान, अमेरिका, कोरियालगायत युरोपीय मुलुकमा निर्यात हँुदै आएको छ ।

किसानमा व्यावसायिक ज्ञान नहुँदा मागअनुसारको चिया तथा कफी निर्यात हुनसकेको छैन ।

कफी विकास बोर्डको तथ्यांकअनुसार पश्चिमाञ्चलमा १४ हजार १ सय ७ जना किसानले व्यावसायिक कफी खेती गर्दै आएका छन् । कास्कीमा मात्रै ३० हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ । कास्कीमा उत्पादित कफी जिल्लामा खपत हुने गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले व्यावसायिक कफी खेतीमा आकषिर्त गर्न ५ उत्कृष्ट किसानलाई कफी प्रशोधन मेसिन हस्तान्तरण गरेकोे छ ।

पश्चिमाञ्चलका ५ जिल्ला मनाङ, मुस्ताङ, रुपन्देही, नवलपरासी र कपिलवस्तुबाहेक अन्य जिल्लामा व्यावसायिक कफी खेती हुँदै आएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख रघुपति चौधरीले वाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पश्चिमाञ्चलमा १ हजार ७ हेक्टरमा व्यावसायिक कफी उत्पादन हँुदै आएको बताए । उनले उत्पादितमध्ये ४५ टन विदेश निर्यात हुने गरेको जानकारी दिए ।

सल्यानमा मध्यपश्चिमाञ्चल क्षेत्रीय व्यापार मेला

सल्यान/ मध्यपश्चिमाञ्चल क्षेत्रीय व्यापार मेला मध्यपश्चिमको पहाडी जिल्ला सल्यानमा हुने भएको छ । सल्यान महोत्सव-०६७ तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेला उद्योग वाणिज्य संघ सल्यानले आयोजना गर्ने भएको हो ।

२४ मंसिरदेखि ३ पुससम्म सल्यानको श्रीनगरमा पर्यटन मेला हुने उद्योग वाणिज्य संघ सल्यानले जनाएको छ । सल्यानले पहिलोपटक महोत्सव गर्न लागेको हो ।

मध्यपश्चिम क्षेत्रमा हरेक जिल्लाले १/१ वर्ष मध्यपश्चिमाञ्चल व्यापार मेला गर्दै आएका छन् । सोहीअनुरूप सल्यानले यो वर्ष गर्न लागेको उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष हरिहर बुढाले बताए ।

कृषि उत्पादनका लागि मध्यपश्चिम क्षेत्रमै प्रख्यात सल्यानको उत्पादन प्रदर्शनीमा राखिने भएको छ । मेलामा डेढ सयभन्दा बढी स्टल राखिने संघका अध्यक्ष बुढाथोकीले बताए । उद्योग वाणिज्य संघ सल्यानले मध्यपश्चिमाञ्चल व्यापार मेलाका लागि तयारी सुरु गरेको जनाएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?