कारोबार रकम बढ्यो
काठमाडौं/ यो साता नेपाल स्टक एक्सचेन्जमा ८८ कम्पनीको कारोबार भएको छ । ४ हजार ७२ कारोबारबाट १३ करोड ८४ ल्ााख ४७ हजार रुपैयाँबराबरका ४ लाख ३४ हजार ३ सय १२ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकममा गत साताको तुलनामा ६.९३ प्रतिशत वृद्धि भएको छ । कुल कारोबारमध्ये 'क' वर्गका कम्पनीको मात्र ७ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन कुल कारोबारको ५१.८४ प्रतिशत हो । गत साता १ सय १ कम्पनीको कारोबार भएको थियो । ३ हजार ८ सय ५ कारोबारबाट १२ करोड ९४ ल्ााख ७१ हजार रुपैयाँबराबरका २ लाख ८० हजार २ सय ७४ कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.३२ अंक ह्रास भई अन्तिम दिन ४६१.६३ बिन्दुमा पुगेको छ । 'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.९० अंक ह्रास भई ११२.१७ अंकमा आइपुगेको छ । यो साता कारोबार रकम -१ करोड ७८ लाख रुपैयाँ) तथा सेयर संख्या -१ लाख ५ हजार ) कित्ताका आधारमा इन्प|mास्ट्रक्चर डेभलपमेन्ट बैंक र कारोबार संख्या -४३२ वटा) का आधारमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहे । यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो भने ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता बैंक अफ एसिया नेपालको ५० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
स्टक बजार कारोबारका आधारमा साताका उत्कृष्ट ५ कम्पनी कम्पनीको नाम रु. १० लाखमा
इन्प|mास्ट्रक्चर डेभलपमेन्ट बैंक
१७.८७
बैंक अफ काठमाण्डू
१४.६९
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल
१२.००
नेशनल लाइफ इन्स्योरेन्स
९.७६
नारायणी नेशनल फाइनान्स ५.११



del.icio.us
Digg
Post your comment