मुलुकभर साढे २१ सय लाइन टेलिफोन अवरुद्ध
तार चोरी भएका ठाउँमा वैकल्पिक टेलिफोन
नयाँ पत्रिका
काठमाडौं, २७ असार
नेपाल टेलिकमले पटक-पटक तार चोरी भई फोन अवरुद्ध हुने स्थानमा वैकल्पिक टेलिफोन व्यवस्था गर्ने भएको छ ।
बारम्बार तार चोरी हुने क्रम नरोकिएले यस्ता क्षेत्र छनोट गरी वैकल्पिक व्यवस्था गर्न लागिएको हो । टेलिकमले तार चोरी दोहोरिएका क्षेत्रमा हाल मर्मत रोकेको र निकट भविष्यमै वैकल्पिक फोन व्यवस्था गर्न लागेको प्रवक्ता सुरेन्द्र थिकेले जानकारी दिए ।
'बारम्बार तार चोरी हुने ठाउँमा मर्मत सम्भव भएन त्यसैले वैकल्पिक व्यवस्था गर्न लागिएको हो,' थिकेले भने, 'यस्ता केही क्षेत्रमा मर्मत रोकिसकेका छौं ।' टेलिकमले ल्यान्डलाइन -पिएसटिएन) फोन वितरण गर्न टाँगेका विभिन्न ठाउँका तार चोरी हुने गरेको छ । चोरले लाइन काटेर तारमा रहेको तामा निकाली बेच्ने गरेका छन् ।
चोरी नियन्त्रण हुन नसकेका क्षेत्रमा सिडिएमए फिक्स फोन, मोबाइल र भिएचएफ फोन वितरणलाई प्राथमिकता दिने उनले बताए । 'चोरी नियन्त्रण नहुने क्षेत्रमा वायरलेस टेलिफोन मात्र वितरण गर्न लागिएको छ,' थिकेले भने, 'बारम्बार मर्मत गर्नुभन्दा वायरलेस टेलिफोन उपलब्ध गराउँदा कम लागत पर्छ ।' सिडिएमए टेलिफोन दिने सोच बनाए पनि हाल टेलिकमसँग हाल पर्याप्त सिडिएमए सेट नभएकाले वितरणमा समस्या भएको उनले बताए ।
तारा चोरी भएका कारण हाल मुलुकभर करिब २ हजार १ सय ५० लाइन टेलिफोन अवरुद्ध छन् । हाल टेलिफोन लाइन अवरुद्ध भएका क्षेत्रमा पनि पटक-पटक तार चोरी हुने गरेको टेलिकमले जनाएको छ । लाइन अवरुद्ध भएकामध्ये केही स्थानमा मर्मत तथा र केही क्षेत्रमा वैकल्पिक व्यवस्था गर्न लागिएको छ । 'अहिले लाइन डेढ भएका सबै क्षेत्रमा पनि मर्मत गर्ने अवस्था छैन,' थिकलेले भने, 'केही क्षेत्रमा मर्मत स्थगन गरिसकेका छौं
टेलिकमका अनुसार, हाल उपत्यका भित्रका करिब १० हजार लाइन टेलिफोन अवरुद्ध छन् । त्यसैगरी वीरगन्ज र भैरहवा क्षेत्रमा ५/५ हजार, विराटनगर क्षेत्रमा ८ सय एवं नेपालगन्ज तथा धनगढी क्षेत्रमा १ सय ५०/१ सय ५० लाइन टेलिफोन तार चोरीका कारण बन्द छन् । थिकेले बारम्बार चोरी दोहोरिएकाले उपत्यकाका केही क्षेत्र र वीरगन्ज क्षेत्रमा भने लाइन मर्मत कार्य स्थगित भएको बताए । वीरगन्ज क्षेत्रमा पाँचपटकसम्म चोरी भएकाले करिब ६ महिनादेखि मर्मत रोकिएको छ ।
लाइन विस्तार गर्ने क्षेत्रका लागि ल्याएको तारसमेत चोरी भएका क्षेत्रमा मर्मतका लागि खर्च गर्नुपरेकाले समस्या आएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार, गत आर्थिक वर्षमा मात्र करिब २ करोड बराबरको १ सय ५० पेयरको तार चोरी भएको थियो । बर्सेनि तार चोरी हुने क्रम बढ्दै गए पनि प्रभावकारी नियन्त्रण हुन नसक्दा राज्यले वाषिर्क करिब २ करोड रुपैयाँ बराबरकै राजस्व गुमाइरहेको टेलिकम अधिकारीको दाबी छ ।
स्थानीय प्रशासन, ग्राहकलगातयको सहयोगमा चोर पक्रने गरिए पनि कानुन प्रभावकारी नहुँदा समस्या नसुल्भि
एको उनीहरू बताउँछन् । अहिले पिएटिएन फोन लाइन तामा तारमार्फत नै वितरण गरिएकाले पनि चोरी समस्या दोहोरिएको अधिकारी बताउँछन् । भविष्यमा 'नेक्स्ट जेनेरेसन नेटवर्क' व्यवस्था भएपछि चोरी समस्या नहुने अधिकारीको दाबी छ । नेक्स्ट जेनेरेसन नेटवर्कमा अप्टिकल फाइबरमार्फत धेरै क्षेत्रमा नेटवर्क विस्तार गरी तामाका तार सकेसम्म कम पेयरको र छोटो दूरीका लागि प्रयोग गर्ने लक्ष्य टेलिकमको छ । 'नेक्स्ट जेनेरेसन नेटवर्क सुरु भएपछि चोरी समस्या आफै कम हुन्छ,' थिकेले भने ।



del.icio.us
Digg
Post your comment