Newsletter
Email:
Home | अर्थ | बत्तीस कलेजलाई निःशुल्क वेब स्पेस

बत्तीस कलेजलाई निःशुल्क वेब स्पेस

Font size: Decrease font Enlarge font

उपत्यकाका विभिन्न सरकारी/निजी गरी ३२ सूचना प्रविधि अध्यापन गराउने कलेजलाई त्यस्तो सुविधा उपलब्ध गराएको माइक्रोसफ्टका कार्यक्रम निर्देशक रविचन्द्र कोइरालाले बताए । उनले भने, 'ई-रिभोलुसनका लागि सहयोग गर्न यस्तो कार्यक्रम ल्याएका हौं ।' माइक्रोसफ्टले यो वर्ष १० हजार विद्यार्थीलाई सूचना प्रविधिबारे जानकारी दिने उद्देश्यले सुरु गरेको 'एप्लिकेसन फर माइक्रोसफ्ट स्टुडेन्ट' -एएमएसपी) कार्यक्रमअन्तर्गत निःशुल्क वेव स्पेस उपलब्ध गराउन लागिएको उनले जानकारी दिए । एएमएसपी कार्यक्रमअन्तर्गत लाइभ एट एजुकेसन, एमएसडिएन एकेडेमिक एलाएन्स एन्ड माइक्रोसफ्ट डि्रम्सपार्क, माक्रोसफ्ट डिजिटल लिटेरेसी र माइक्रोसफ्ट आइटी एकेडेमी कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

लाइभ एट एजुकेसन कार्यक्रमअन्तर्गत निःशुल्क वेव स्पेस उपलब्ध गराउन लागिएको हो । यसैगरी एमएसडिएन एकेडेमिक एलाएन्स एन्ड माइक्रोसफ्ट डि्रम्सपार्क कार्यक्रमअन्तर्गत माइक्रोसफ्टले साझेदार बनाएका कलेजलाई निःशुल्क सक्कली सफ्टवेयर उपलब्ध गराउनेछ । माक्रोसफ्ट डिजिटल लिटेरेसीअन्तर्गत भने विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन निःशुल्क तालिमलगायत कार्यक्रम गरिनेछ भने माइक्रोसफ्ट आइटी एकेडेमीअन्तर्गत विभिन्न कलेजमा सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई अन्तर्राष्ट्रिय मापदण्डको तालिम दिइनेछ । तालिमप्राप्त विद्यार्थीलाई परीक्षा लिएर माइक्रोसफ्टले अन्तर्राष्ट्रिय मान्यता दिलाउने कोइरालाले बताए ।

यसैगरी माइक्रोसफ्ट नेपालमा आबद्ध कर्मचारी र विद्यार्थी साझेदारले एक वर्षमा ७ दिन दुर्गम क्ष्ाेत्रमा गएर सूचना प्रविधिबारे जानकारी दिने कार्यक्रम पनि ल्याइएको छ । कर्मचारी र विद्यार्थीले विभिन्न जिल्लाका गाउँ-गाउँ पुगी सर्वसाधारणलाई सूचना प्रविधिबारे जानकारी दिनेछन् ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?