जिन्दालको रिट खारेज
काठमाडौं/ भारतको सतलज जलविद्युत् निगम कम्पनीलाई अरुण तेस्रो जलविद्युत् परियोजनाको सर्वे लाइसेन्स दिने सरकारी निर्णय बदर गर्न दायर गरिएको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ ।
सरकारले खुला प्रतिस्पर्धाबाट उपयुक्त कम्पनी छनोट गरी लाइसेन्स दिने प्रक्रियाअन्तर्गत गत ३ भदौ २०६५ मा सो कम्पनीलाई ४०२ मेगावाट क्षमताको अरुण तेस्रोको लाइसेन्स दिएको थियो । प्रतिस्पर्धामा सहभागी अर्को भारतीय कम्पनी जिन्दाल हाइड्रो इलेक्टि्रकले छनोटको क्राइट एरिया पूरा नगरेको, सतलजले भन्दा आफूले नेपाललाई धेरै बिजुली सित्तैमा दिने प्रस्ताव गरेको र सतलज सरकारी कम्पनी भएकाले प्रतिस्पर्धामा भाग लिन नपाउने दाबी गर्दै सर्वाेच्चमा रिट दर्ता गरेको थियो । जिन्दालले परियोजनाको काम तत्काल रद्द गर्न सरकारलाई अन्तरिम आदेश दिन माग गरेको भए पनि सर्वाेच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै पूर्ण सुनुवाइमा पेस गर्ने आदेश दिएको थियो ।



del.icio.us
Digg
जस्तो सुकै आधी बेरी मा पनि यो प्रोजेक्टलाई सफल पार्नु नै हाम्रो नेपालको देश बिकासमा सुरुवत को अवसर मान्नु पर्छ !
Post your comment