Newsletter
Email:
Home | अर्थ | सूचना प्रविधिमा चौधरी ग्रुप

सूचना प्रविधिमा चौधरी ग्रुप

Font size: Decrease font Enlarge font

 

काठमाडौं/ उद्योग व्यवसायमा पहिचान बनाएको चौधरी गु्रपले सूचना प्रविधि तथा सञ्चार सेवा उपलब्ध गराउने भएको छ । त्यसका लागि ग्रुपले सिंगापुरको सूचना प्रविधि कम्पनी क्रिमसनलजिकसँग रणनीतिक सहकार्य गरेको छ । नेपालका उच्चस्तरीय सूचना प्रविधि सेवा उपलब्ध गराउन सहकार्य गरिएको चौधरी ग्रुपले जनाएको छ ।

सहकार्यपछि नेपालमा सिजी टेक्नो डि्रम्स प्रालिले क्रिम्सनलजिकका सेवा उपलब्ध गराउनेछ । टेक्नो डि्रम्सले प्रविधिमा आधारित व्यवसायलाई छिटोछिरितो एवं सुहाउँदो सेवा प्रदान गर्ने चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीले बताए । 'नेपाली उद्योग तथा व्यवसायमा प्रयोग भइरहेको सूचना प्रविधि तथा सञ्चार सेवामा क्रान्ति ल्याउनेछौं,' उनले भने । टेक्नो डि्रम्सले सूचना प्रविधि तथा सञ्चार सेवा एवं बिपिओ सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसैगरी सो कम्पनीले सरकारले घोषणा गरेको विद्युतीय सुशासन प्रणाली विकासमा लागिपर्ने विज्ञप्तिमा जनाइएको छ । क्रिमसनलजिक एसियाकै प्रमुख सूचना प्रविधि सेवा प्रदान गर्ने कम्पनी हो । २० वर्षदेखि सूचना प्रविधि क्षेत्रमा कार्यरत कम्पनीले पँाचै महादेशका २० भन्दा बढी मुलुकमा विद्युतीय शासन प्रणाली सेवा उपलब्ध गराएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?