Newsletter
Email:
Home | अर्थ | आनको प्रतिलिपि संरक्षण अभियान

आनको प्रतिलिपि संरक्षण अभियान

Font size: Decrease font Enlarge font

 

काठमाडौं/ नेपाल विज्ञापन संघ (आन) ले विज्ञापन सिर्जनाको प्रतिलिपि अधिकार संरक्षणका लागि अभियान सुरु गरेको छ । 'विज्ञापन सिर्जना संरक्षण अभियान' नाम दिइएको कार्यक्रमबाट विज्ञापन एजेन्सी वा सर्जकले आफ्ना सिर्जनाको प्रतिलिपि अधिकार संरक्षण गर्नसक्ने जनाइएको छ ।

आप

\mनो सिर्जना चोरी गरी अरुले लाभ लिन नपाऊन् भनी अभियान सुरु गरेको आन अध्यक्ष निर्मलराज पौडेलले बताए । 'विज्ञापन दाताले कुनै कार्यक्रम सुरु गर्ने बेलामा एजेन्सीसँग विज्ञापन डिजाइन प्रस्ताव माग्छन्,' उनले भने, 'तर त्यसमध्ये एउटा मात्र प्रस्ताव तत्काललाई पारित हुन्छ । बाँकी प्रस्ताव अरु कार्यक्रममा विज्ञापन दाताले सामान्य परिमार्जन गरी निःशुल्क प्रयोग गरिरहेका हुन्छन् ।' सिर्जनामा सर्जक अधिकार कायम गर्न कानुनीभन्दा पनि नैतिक बाटो पहिल्याउने लक्ष्य अभियानको रहेको आन उपाध्यक्ष राजकुमार भट्टराईले बताए ।

यसैबीच आनले शुक्रबारदेखि www.adnepal.org.np नामक आप

नो वेवसाइट अद्यावधिक गरेको जनाएको छ ।

रामहरि पन्त/प्रशिक्षार्थी

 

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?