फेसन स्टुडियो शुभारम्भ
काठमाडौं/ कमलपोखरीस्थित सिटिसेन्टरमा फेसनेबल पहिरनको नयाँ स्टोर नीलिमा स्टुडियोज अफ फेसनको शनिबार नायिका करिश्मा मानन्धरले उद्घाटन गरिन् । फेसन पारखीलक्षित स्टुडियोमा पूर्वी तथा पश्चिमा शैलीका पहिरन, गहना, जुत्तालगायत अन्य सामान उपलब्ध छन् । ब्रान्डेड तथा नन-ब्रान्डेड सबैखाले पहिरन उपलब्ध हुने सञ्चालिका नीलिमा शर्माले बताइन् । कुनै विशेष वर्गभन्दा पनि बजारमा सहजै पाइने फरक एवं फेसनेवल पहिरन खोज्नेलाई लक्षित गरिएको छ,' उनले भनिन् । डेढ करोड रुपैयाँ सुरु लगानीमा सञ्चालिन फेसन स्टुडियोमा तीन सयदेखि १२ हजारसम्मका गहना, तीन हजारदेखि ५० हजारसम्मका साडी, ५ सयदेखि १५ हजारसम्मका पहिरन तथा २ हजार ५ सयदेखि १३ हजार रुपैयाँसम्मका स्यान्डल उपलब्ध छन् ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment