Newsletter
Email:
Home | अर्थ | गुणस्तरहीन खाद्यवस्तु वितरण नगर्न आग्रह

गुणस्तरहीन खाद्यवस्तु वितरण नगर्न आग्रह

Font size: Decrease font Enlarge font

वीरबहादुर गिरी/नयाँ पत्रिका

जाजरकोट, २५ भदौ

जिल्लास्थित राजनीतिक दलहरूले डिप्रोक्स नेपाल नामक गैरसरकारी संस्थालाई गुणस्तरहीन खाद्यान्न वितरण नगर्न आग्रह गरेका छन् । डिप्रोक्सद्वारा सदरमुकाम खलंगामा आयोजित वाषिर्क समीक्षा गोष्ठी कार्यक्रममा दलहरूले सो आग्रह गरेका हुन् ।

अघिल्लो वर्ष विश्व खाद्य कार्यक्रमअन्तर्गत डिप्रोक्सद्वारा जाजरकोटमा सञ्चालित कामका लागि खाद्यान्न कार्यक्रमले जिल्लाका १२ गाविसमा वितरण गरेको खाद्य वस्तुका कारण झाडापखाला महामारी फैलिएको उनीहरूको भनाइ थियो । चामलका कारण जाजरकोट लगायतका जिल्लामा झाडापखाला फैलिएको केही अधिकारवादी संस्थाहरूले प्रमाणित गरिसकेका छन् ।

झाडापखाला महामारी फैलिएका गाविसमा वितरित चामल, दाल सडेको, डल्ला परेको र नपाक्ने पाइएको थियो । मानवअधिकारवादी संस्था इन्सेकको पहलमा विश्वखाद्य कार्यक्रमअन्तर्गत डिप्रोक्सले जाजरकोटमा वितरण गरेको खाद्यवस्तको परीक्षणपछि गुणस्तरहीन प्रमाणित भएको थियो ।

कांग्रेस, एमाले, माओवादीलगायत जिल्लास्थित राजनीतिक दलका प्रमुखले डिप्रोक्सलाई चालू आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्दा जनतालाई गुणस्तरहीन खाद्यवस्तु वितरण नगर्न निर्देशन दिएका छन् । पुनः खाद्य गुणस्तरप्रति बेवास्ता गरिए संस्थाको कार्यक्रम जिल्लाबाटै बन्द गर्ने चेतावनी दलले दिएका छन् ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा गत वर्षमात्रै डिप्रोक्स नेपालले जाजरकोटमा १ हजार ५ सय ३४ मेटि्रक टन चामल र १ सय २५ मेटि्रक टन दाल वितरण गरेको थियो । डिप्रोक्स नेपालद्वारा वितरित चामल र दाल गुणस्तर नभएको पाइएकाले आउँदो वर्ष चामलको गुणस्तरप्रति ध्यान दिन र गत वर्ष बाँँडेको दाल यो वर्ष वितरण नगर्न निर्देशन दिइएको माओवादीका जिल्ला सचिव गणेशप्रसाद सिंहले जानकारी दिए ।

डिप्रोक्स नेपालले यो वर्ष जाजरकोटमा विश्वखाद्य कार्यक्रमको सहयोगमा खाद्य सुरक्षा तथा सहयोग कार्यक्रमअन्तर्गत २ हजार २ सय ८० मेटि्रक टन चामल र २ सय ८५ मेटि्रक टन दाल विभिन्न आयोजनाका लागि वितरण गर्ने तयारी भएको जनाएको छ । नागरिक समाजका प्रतिनिधिले दाताको सहयोगमा उपलब्ध खाद्यवस्तुको गुणस्तरप्रति बेवास्ता गरेको भन्दै सो संस्थाको आलोचना गर्दैर् आएका छन् ।

Subscribe to comments feed Comments (1 posted):

revolution on 11/09/2009 05:20:59
avatar
asto laparbahi garnelai sarkarle sajaya ra chetipurti linu parcha natra asta dollor pachauna matra agi sukila luga lagayara bikas ra sewako nam liyara dekhaoti samaj sewa garne haruko hausala badcha ra ajai asta ghatana haru badna sakcha tesaile asta paisako lagi j pani garne harulai samayamai thik garnu parcha .
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?