Newsletter
Email:
Home | अर्थ | बेलायतमा अनलाइन विज्ञापन बढ्यो

बेलायतमा अनलाइन विज्ञापन बढ्यो

Font size: Decrease font Enlarge font
image

एजेन्सी/ संयुक्त अधिराज्यमा अनलाइनमा गरिने विज्ञापन खर्चले टेलिभिजनमा गरिने विज्ञापन खर्चलाई पहिलेपटक उछिनेको छ । गत जनवरीदेखि जुलाईसम्ममा अनलाइन विज्ञापनको खर्च ४.६ प्रतिशत बढेर १.७५२ अर्ब पाउन्ड पुगेको इन्टरनेट एड्भरटाइजिङ ब्युरोले गरेको अध्ययनबाट देखिएको छ । सो अवधिमा टिभीविज्ञापन १६.१ प्रतिशत घटी १.६३९ अर्ब पाउन्डमा झरेको छ । इमेल क्याम्पियन, क्लासिफाइड एड, डिस्प्ले एड र सर्च मार्केटिङलाई अनलाइन विज्ञापन भनिन्छ । संयुक्त अधिराज्यका व्यावसायिक टिभी च्यानलको छाता मार्केटिङ संगठन थिंकबक्सले अनलाइन विज्ञापन बढी देखाउन टिभीसँग गरिएको तुलना पक्षपाती भएको आरोप लगाएको छ । मन्दीको कारण समग्र विज्ञापन भने सो अवधिमा १६ प्रतिशत गिरेको छ ।

मन्दीको कारण विज्ञापन खर्च छापा, रेडियो र टेलिभिजनजस्ता परम्परागत माध्यमबाट डिजिटल प्रविधिमा स्थानान्तरण हुने क्रम तीव्र भएको इन्टरनेट एड्भरटाइजिङ ब्युरोले उल्लेख गरेको छ ।

मन्दीको समयले टिभी विज्ञापन खर्चमा उल्लेख्य कटौती गर्न भूमिका खेलेको र यसले अनलाइन विज्ञापन एक वर्षमा धेरैको अपेक्षाभन्दा माथि उठेको सो संस्थाले बताएको छ । 'लामो समयदेखि टिभी विज्ञापनको तुलनामा कमजोर देखिएको अनलाइन विज्ञापन अन्ततः माथि आएको छ । त्यसैले यसलाई केसे ढुंगा भन्न सकिन्छ,' ब्युरोको भनाइ छ ।

अनलाइन विज्ञापन बढाउनुमा प्रविधिसम्बन्धी कम्पनी मुख्य हुन्, त्यसपछि टेलिकम कम्पनी, फाइनान्स कम्पनी र मनोरञ्जन प्रदायक कम्पनी हुन् । डिस्प्ले विज्ञापन टिभी, छापा र रेडियोमा उल्लेख्य घटेर अनलाइनमा बढेको बताइएको छ ।

थिंकबक्सले विज्ञापन खर्चको तुलना उस्ताउस्तै विज्ञापनसँग नगरी पक्षपात गरिएको आरोप लगाएको छ । 'अनलाइन मार्केटिङको खर्च इमेल, क्लासिफाइड एड, डिस्प्ले एड, सर्च मार्कटिङलगायत धेरै संख्यामा छ । तिनीहरूसँग टिभीको एकल तुलना हुनुपर्छ,' थिंकबक्सका बजार निर्देशक लाइन्डसे क्लेले भने । उनको भनाइमा 'इन्टरनेट फनटास्टिक प्रविधि हो र विभिन्न मार्केटिङ गतिविधिको घर हो । तसर्थ यो चाखलाग्दो छ तर अनलाइन विज्ञापनमा बढी पैसा खन्याउनु भनेको अर्थहीन हो । टेलिभिजन विज्ञापन एकदमै प्रभाकारी विज्ञापन माध्यम हो । यसले पाउन्ड खर्चेर पाउन्ड कमाइदिन्छ,' अनलाइन र टिभी दुवैमा संयुक्त विज्ञापन खर्च गर्दा बढी प्रभावकारी हुने उनको सुझाब छ । 'यी दुईलाई प्रतिस्पर्धी मानी तुलना गर्नु गल्ती हो, परिपूरक सम्बन्ध कायम गर्नुपर्छ,' उनले भने ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?