Newsletter
Email:
Home | अर्थ | वाणिज्य बैंकमा चोरी

वाणिज्य बैंकमा चोरी

Font size: Decrease font Enlarge font
image

बझाङ, १६ असोज/ बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट सुन र केही नगद चोरी भएको छ । दसैँको लामो बिदापछि शुक्रबार बैंक खुल्दा चोरी भएको पाइएको हो ।

बैंकका निमित्त प्रबन्धक गोपालजंगबहादुर सिंहले शुक्रबार बिहान दस बजे कार्यालय खोली ढुकुटीबाट काउन्टरमा नगद ल्याउने बेला ढुकुटीमा रहेका दुईवटा स्टिल दराजबाट सुन र नगद चोरी भएको जानकारी दिए । निमित्त प्रबन्धक सिंहका अनुसार चोरले बैंकमा रहेको सात किलो ६ सय ६६ ग्राम सुन, तीन लाख तीन हजार तीन सय १० रुपैयाँ नगद लगेको छ । उनले चोरी भएकोे सुन चार सय ९५ थान रहेको र उक्त सुनमा बैंकको लगानी ८८ लाख ५९ हजार सात सय २८ रुपैयाँ रहेको बताए । चोरले बैंकको ढुकुटीबाट सुन पूरै लगेको छ भने बैंकमा रहेको नौ लाख ८२ हजार १० रुपैयाँ ११ पैसा नगदमध्ये एक हजार र पाँच सयका नोट मात्र लगेको निमित्त प्रबन्धक सिंहले बताए । चोरी भएको सो रुपैयामा दुई लाख चार हजार आठ सय ७० नेपाली र ६१ हजार चार सय भारु रहेको छ ।

उक्त बैंकमा तीनजना गार्ड रहेको र प्रत्येक तीन घन्टामा गार्डको पालो फेर्ने गरिएको छ । बैंकको मूल ढोकाको ताला र अन्य बाहिरी ढोकामा केही क्षति नगरेको भए पनि ढुकुटीमा रहेको ढोकामा लगाइएका दुईवटा ताला र दराज फोरिएको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

लामो दसैँ बिदा परेकाले कुन दिन सो बैंकमा चोरी भयो भन्ने यकिन भन्न नसकिने र अनुसन्धानका लागि बैंकका दुईजना गार्ड र एक परिचरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ । तीनजना गार्डमध्ये सुरेश विष्ट ७ गते ९ देखि १२ बजेसम्मको रातिको ड्युटी सकेर हालसम्म सम्पर्कविहीन छन् । बैंकका गाड विष्ट विनाजानकारी सम्पर्कविहीन भएपछि उनीमाथि शंका गरिएको छ । अहिले प्रहरीले विष्टको खोजी गरिरहेको छ । बैंकमा चोरी हुनसक्छ भनेर राति तथा दिनमा नियमित प्रहरीको गस्ती पठाउने गरिएको थियो । प्रहरीले नियमित बाहिरी गस्ती गर्ने गरेको र बाहिरी अवस्था केही भएको छैन । सबै ढोका तथा ताला ठीक अवस्थामा रहेका छन्, घटनाको निरीक्षण गर्न बैंक गएका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने । बैंक जिल्ला प्रशासनबाट एक सय मिटर र प्रहरी कार्यालयबाट करिब एक सय ५० मिटरको दूरीमा रहेको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?