इन्पिmनिटीले विज्ञापन पढाउने
काठमाडौं/ इन्पिनिटी नामक संस्थाले नेपालमा पहिलोपटक मिडिया मार्केटिङ तथा विज्ञापनसम्बन्धी अध्ययन गराउने भएको छ ।
इन्पि निटीले विज्ञापन र मिडिया मार्केटिङसम्बन्धी पाठ्यक्रम तयार गरी तालिम सुरु गर्ने भएको हो । पहिलोपटक आठहप्ते यस्तो तालिम सुरु गर्न लागिएको कम्पनीले जनाएको छ । पहिलो चार हप्ता सैद्धान्तिक र पछिल्लो चार हप्ता व्यावहारिक शिक्षासहित तालिम सञ्चालन गर्न लागिएको हो ।
प्रत्येक तीन महिनामा २५ जनाको समूहमा प्रशिक्षार्थीलाई तालिम दिनेगरी कोर्स तयार भएको कम्पनीले जनाएको छ । तालिमबाट उत्पादित जनशक्ति विभिन्न विज्ञापन एजेन्सी र कर्पोरेट हाउसमा काम गर्न सक्षम हुने दाबी कम्पनीको छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment