इन्जिनियरिङ प्रदर्शनी सम्पन्न
काठमाडौं/ पुलचोक इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीको समूह लोकसको आयोजनामा छैटौं राष्ट्रिय प्राविधिक महोत्सव सम्पन्न भएको छ । १२ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको महोत्सवमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका चौध क्याम्पसका विद्यार्थी सहभागी थिए । मेलामा सप\mटवेयर, हार्डवेयर, इलेक्टि्रकल विधाका प्रोजेक्टहरूबीच प्रतिस्पर्धा, कार्यपत्र प्रस्तुति र प्राविधिक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । यसैगरी कार्यशाला अन्तरक्रिया, प्रगोगशाला प्रदर्शनी र सूचना प्रविधिसम्बन्धी प्रदर्शनी गरिएको मेलामा जलविद्युतसँग सम्बन्धित विभिन्न व्यावसायिक प्रतिष्ठानहरूका स्टल र इन्जिनियरका लागि रोजगारदाता कम्पनीका स्टल पनि राखिएका थिए ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment