सरकारले वीरगन्जभन्सार खुलाउन पहल गर्ने
काठमाडौं/ बन्द वीरगंज भन्सार खुलाउन सरकारले विशेष पहल गर्ने भएको छ । राज्यमन्त्री करिमा बेगमले पर्साका स्थानीय प्रशासन अधिकारीलाई हात हालेको विरोधमा कर्मचारीले भन्सार कार्यालय बन्द गर्दै आएका छन् । गृहमन्त्री भीम रावलले नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा भन्सार खुलाउन विशेष पहल गर्ने जानकारी दिएका हुन् ।
वीरगंज क्षेत्रमा सोमबार नै नेपाल प्रहरीको एक उच्चस्तरीय टोली पठाउने, आगामी दुई हप्ताभित्र त्यस क्षेत्रको समस्याका सम्बन्धमा उद्योग व्यवसायीसाग एक अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने र शान्ति सुरक्षा कायम गर्न सरकारको योजना प्रष्ट पारिने गृहमन्त्रीले आश्वासन दिए ।
भन्सार खुलाउन र शान्ति सुरक्षाको वातावरण बनाउन आग्रह गर्दै परिसंघ अध्यक्ष विनोद चौधरीको नेतृत्वमा उद्योगीको टोलीले आइतबार गृहमन्त्रीसँग भेट गरेको थियो ।
परिसंघले चन्दा आतंक, अपहरण, भूमिगत समूहबाट आउने धम्कीलगायत तीव्ररुपमा बढ्दै गएका अपराधिक गतिविधिबाट त्यस क्षेत्रमा उद्योग व्यवसाय धरासायी हुने अवस्था आएकोले समस्या समाधानका लागि तत्कालै ठोस कदम चाल्न गृहमन्त्रीसँग माग गर्यो ।
वीरगंज भन्सार बन्दका कारण उद्योग व्यवसाय क्षेत्र थप समस्याग्रस्त हुनुको साथै राजश्वमा समेत ठूलो नोक्सानी पुगेकोले समस्यालाई यथाशीघ्र समाधान गर्न अनुरोध गरिएको परिसंघले विज्ञप्तिमार्फत जनाएको छ । उद्योग व्यवसाय क्षेत्र लगायत आम सर्वसाधारणले तत्कालै शान्ति सुरक्षाको अनुभव गर्ने ठोस कदम चाल्न परिसंघले सरकारलाई सुझाव दियो ।



del.icio.us
Digg
Post your comment