सूचना संरक्षणसम्बन्धी प्रशिक्षण हुने
काठमाडौं/ सम्वाद टेक्नोलोजिजले सूचना संरक्षणसम्बन्धी प्रशिक्षण ३ र ४ पुसमा राजधानीमा आयोजना गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधिद्वारा सिर्जित नयाँ अवसरलाई उपयोगमा ल्याउनु तथा यसबाट उत्पन्न जोखिमलाई सम्बोधन गर्नु प्रशिक्षणको प्रमुख उद्देश्य रहेको जनाइएको छ । व्यवसायलाई सूचनाको चोरीबाट जोगाउन आवश्यक व्यावहारिक उपायहरूका बारे सघन प्रशिक्षण प्रदान गरिनेछ । यस प्रशिक्षणमा प्राप्त महत्त्वपूर्ण ज्ञान र उपयोगी प्रविधि प्रशिक्षणपश्चात व्यावसायिक वातावरणमा तत्काल प्रयोगमा आउने जनाइएको छ । नेपाल, भुटान र अन्य देशका सरकारी निकाय, व्यापारिक प्रतिष्ठान, बैंकिङ तथा वित्त र टेलिकम क्षेत्र प्रशिक्षणमा सहभागी हुनेछन् ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment